बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रुपन्देहीमा करेन्ट लागेर महिलाको मृत्यु

बुधबार, ०१ पुस २०७७, १८ : २४
बुधबार, ०१ पुस २०७७

बुटवल । रुपन्देहीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाअनुसार लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ कालिदह की २३ वर्षीय सम्झना चाँइको आफ्नै घरको कोठामा आज करेन्ट लागेर आगलागी हुँदा मृत्यु भएको छ ।

करेन्ट लागेपछि आगलागीबाट दराजभित्रको कपडा, सुत्ने ओछ्यान लगायतका वस्तुहरू जलेको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप