कोरोना भ्याक्सिनको गम्भीर रियाक्सनबारे अनुसन्धान गर्दै फाइजर
फाइजर कम्पनीद्वारा उत्पादित कोरोनाको भ्याक्सिन लगाएका एक स्वास्थ्यकर्मीमा ‘एलर्जिक रियाक्सन’ देखिएको भन्ने खबरमा कम्पनीले आफ्नो अनुसन्धान थालेको बताएको छ ।
‘हामीसँग गम्भीर एलर्जिक रियाक्सन भएको भन्ने अलास्काको सबै रिपोर्ट उपलब्ध छैन तर हामीले यस विषयमा स्थानीय स्वास्थ्यकर्मीसँग आवश्यक समन्वय गरिरहेका छौं,’ फाइजरका प्रवक्ताले सीएनएनलाई बताइन् ।
‘हामी एलिर्जिक रियाक्सन के कति कारणले भए भन्ने विषयलाई निकै सूक्ष्म ढङ्गले अनुसन्धान गर्नेछौं,’ उनले भनिन् । ‘भ्याक्सिनमा हामीले स्पष्टसँग लेखेका छौं कि भ्याक्सिन लगाएपछि दुर्लभ एनाफिल्याक्टिक हुने सम्भावना रहेकोले पहिले नै स्वास्थ्यो उपचार र विज्ञको सल्लाह तयार पारेर राख्नुपर्छ । बेलायतका स्वास्थ्य अधिकारीलाई यस महिनाको सुरुवातमा भ्याक्सिन उपलब्ध गराउँदा दुईजनामा एलर्जिक रियाक्सन देखिएको तर उनीहरु तत्काल निको भएका थिए । ’
द न्यूयोर्क टाइम्सले अलास्काका स्वास्थ्य अधिकारीमा रियाक्सन देखिएको भनेर पहिलो पटक जानकारी दिएको हो ।
‘तेस्रो चरणको ट्रायलमा हामीले त्यस्ता व्यक्तिलाई सहभागी गराएनौं जसलाई पहिले पनि कुनै भ्याक्सिनको एलर्जी भएको होस् वा अनुसन्धानात्मक भ्याक्सिनका केही तत्वसँग गम्भीर एलर्जिक रियाक्सन (एनाफिल्याक्सिस) देखिएको होस्,’ फाइजरकी प्रवक्ताले भनिन् ।
‘समग्रमा भन्ने हो भने हाम्रो क्लिनिकल ट्राइलमा भ्याक्सिनका कारण गम्भीर एलर्जिक रियाक्सन निम्तिएको कुनै घटना भने थिएन । यद्यपि, हाम्रो भ्याक्सिन सम्बन्धि बाहिरबाट जतिपनि प्रतिक्रिया आइरहेका छन्, त्यो हाम्रो लागि निकै महत्वपूर्ण छ,’ उनले भनिन् ।
कोभिड–१९ विरुद्ध लड्नका लागि एलर्जिक रियाक्सन निकै सानो मूल्य होः बाइडेनका सल्लाहकार
अलास्काका स्वास्थ्यकर्मीलाई कोरोनाको भ्याक्सिन लगाएपछि अस्पताल भर्ना गर्नुपरेको घटनालाई ध्यानमा राख्नुपर्ने बाइडेनका कोरोनाभाइरस एड्भाइजरी बोर्डका एक सदस्यले भने ।
माइकल ओस्टरहोमले भ्याक्सिनले प्रतिकुल रियाक्सन पुर्याओस् भन्ने कसैको पनि चाहना नुहने बताएका छन् । उनले भने, ‘हामीले यहाँ के बुझ्नुपर्छ भने यो भ्याक्सिन मृत्युदर घटाउनका लागि बनाइएको हो र कसैलाई असाध्यै बिरामी हुनबाट जोगाउनका लागि विकसित गरिएको हो ।’
ती स्वास्थ्यकर्मीलाई एपिनेफ्राइनले उपचार गरिएको र उनको अवस्था अहिले स्थिर छ ।
‘मेरो लागि यो निकै सानो मूल्य चुकाएसरह हो, ’ बाइडेनका सल्लाहकारले भने ।
ओस्टरहोम युनिभर्सिटी अफ मिनोसोटाको सेन्टर फर इन्फेक्सियस डिजिज रिसर्च एण्ड पोलिसीका प्रमुख पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण