देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला
काठमाडौँ – देशका विभिन्न स्थानमा तीन जनाको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत अवस्थामा फेला परेका शवहरुको आवश्यक अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार झापाको मेची नगरपालिका–१३ शान्ति टोलस्थित पतिमिल भित्र सोही नगरपालिकास्थित चारआली बस्ने ईलाम मंगलबारे घर भएका ४० वर्षीय कुमार शेर्पा बुधबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी, रोल्पाको सुनिलस्मृती गाउँपालिका(३ खारा बस्ने ३८ वर्षीय निमबहादुर घर्ती सोही गाउँपालिका–४ सिर्मे भीरको बाटोबाट करिब ३ सय मिटर तल खसेर बुधबार बेलुका मृत्यु भएको अवस्थामा फेला परेका छन् । मङसिर २८ गते भारतबाट घर फर्कने भनी परिवारलाई जानकारी गराएकोमा घर नआईपुगेपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
त्यस्तै, दार्चुलाको लेकम गाउँपालिका–५ रिठा बस्ने जगदिस बोहरा सोही ठाउँ स्थित जयपुरको भिरबाट लडी बुधबार बेलुका मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण