बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विधान र प्रक्रियाबाटै नेकपाभित्रको विवाद सल्ट्याउनुपर्छ : देव गुरुङ

बिहीबार, ०२ पुस २०७७, १८ : ३३
बिहीबार, ०२ पुस २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघीय संसदीय दलका प्रमुख सचेतक देव गुरुङले पार्टीभित्रको विवाद पार्टीको विधान र प्रक्रियाबाटै सल्टिने दाबी गरेका छन् । लामो समयदेखि पार्टीभित्रको वैचारिक विवाद बाहिर आएकाले त्यसलाई पार्टीको विधान र प्रक्रियाबाटै टुंग्याउनुपर्ने उनले बताए ।

शहिद शुकदेव गुरुङ राष्ट्रिय कार्यदल नेपाल मुल आयोजक समिति बुटवलमा बिहीबार आयोजित सर्वदलीय सर्वपक्षीय अन्तरसंवाद कार्यक्रममा बोल्दै गुरुङले अहिले वैचारिक लडाइँ सुरु गर्नुपर्ने बेलामा चिन्तन भने यदुवंशीयजस्तै पाइएको बताए ।

उनले राष्ट्रिय स्वाधीनतामाथि गम्भीर प्रकारका समस्या पैदा भएको बताए । लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्ने चुनौती देखिएको जिकिर गर्दै उनले सबै मिलेर त्यसलाई सामना गर्नुपर्ने बताए । 
मुलुकमा देखा परेका समस्या समाधानका लागि जनता पनि एकताबद्ध भइ अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । कतिपय विषय पार्टीपंक्तिबाट निकास हुन नसकेको अवस्थामा त्यसबारेमा सार्वजनिक रुपमा छलफल पनि हुने उनले बताए ।

‘अहिलेको बहस भनेकै हामी लोकतान्त्रिक बाटोबाट जान्छौं कि भिन्न मतलाई निषेध गरेर जान्छौं वा एकाधिकार सोच र चिन्तनबाट जान्छौं भन्ने हो,’ उनले भने ।
कम्युनिष्ट पार्टीभित्र बहस र छलफल चलिरहने र लोकतान्त्रिक विधिबाट अगाडि बढ्ने हो भने छिटो सकारात्मक परिणाम हासिल हुने उनले बताए । पूर्वमन्त्री तथा नेकपा स्थायी समिति सदस्यसमेत रहेका गुरुङले लोकतान्त्रिक विधिबाट नगएर एक अर्कालाई निषेध गरे त्यसले नकारात्मक परिणाम ल्याउने दावी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप