शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

को चाहिँ खाते ?

बिहीबार, ०२ पुस २०७७, १८ : ५२
बिहीबार, ०२ पुस २०७७

 

 


खातापिताहरु खाते
ठूला बडाहरु खाते
जल्ले धेरै धेरै खान्छ
वास्तवमा त्यही खाते !

घुस खाने हाकिम खाते
देशै खाने मन्त्री खाते
खानेहरु हुन्छन् खाते
सडक बालक के को खाते ?

खान लाउन नपाउनेलाई
सुत्न बस्न नपाउनेलाई
शोषित पीडित गरीवलाई
कतै भन्न मिल्छ खाते ?

आफ्नो भुँडी छाम तिमी
ऐनाभित्र हेर तिमी
अनि सत्य सत्य बोल
तिमी हामी को चाहिं खाते ?

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदारमण नेपाल
शारदारमण नेपाल
लेखकबाट थप