बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विदेशबाट फर्किएका युवाहरुले गाउँमै खोले चप्पल उद्योग

शुक्रबार, ०३ पुस २०७७, ११ : २९
शुक्रबार, ०३ पुस २०७७

बुटवल । बाग्लुङको गल्कोट नगरपालिका–११, रिघाका तुलबहादुर राना र बडिगाड गाउँपालिका–४ का वीरबहादुर थापा क्रमशः ७ वर्ष र ५ वर्षभन्दा बढी समय वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहे ।

विदेशमा लामो समय बस्दा सिकेको सीप र ज्ञानलाई सदुपयोग गर्दै उनीहरुले गाउँमै केही गर्ने योजना बनाए । 

सोही योजनाअनुसार गाउँ फर्किएका उनीहरुले अहिले बडिगाड गाउँपालिका–२ को खर्बाङ्ग बजारमा एलईडी बल्ब र हवाई चप्पल उद्योग सञ्चालन गरेर स्वरोजगार बनेका मात्र होइन, पैसा कमाउनका लागि विदेश जाने सोच बनाएका युवालाई समेत गाउँमै रोजगारीको अवसर प्रदान गरेका छन् ।

७ लाख लगानी गरेर सञ्चालनमा ल्याइएको उक्त उद्योगले उत्पादन थालेको र प्रारम्भिक कारोबारबाट आफूहरु उत्साहित भएको उनीहरुले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप