उखुको आँसु
शुक्रबार, ०३ पुस २०७७, १२ : ४२
–मिलनकान्छा किराती
म उखु
तराईको फाँट छोडेर
अग्रवाल खोज्दै
जीवनमै पहिलो पटक
मेरो खुट्टाले
काठमाडौँ टेकेको छ ।
मेरो आँसुले सहर भिजेको छ
मेरो आँखाले
रमिता देखेको छ ।
अब के कर्ने हजुर ?
मर्ने ?
बाँचने ?
मालिक साला !
केही एउटा पनि पैसा दिँदैन ।
मलाई थाहा थिएन,
यो सहरमा मान्छेलाई जोत्छ
अनि
गोरूलाई भित्तामा रङले पोत्छ !
सरकार !
सरकार त मधेसको शीत लहर रहेछ
अब थाहा भयो हजुर !
यो मान्छे जोत्ने सहर रहेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण