राहुल गान्धीको पक्षमा माहौल
एजेन्सी । भारतमा काँग्रेस आईको अध्यक्षमा को आउला ? यो बहस एक वर्षदेखि उक्त पार्टीभित्र चलिरहेको छ । यसैबीच काँग्रेस प्रवक्ता रणदीप सिंह सुरजेवालाले ९९.९ प्रतिशत व्यक्तिले राहुल गान्धीलाई अध्यक्ष बनाएर पार्टीको नेतृत्व सुम्पनुपर्नेमा जोड दिइरहेका छन् ।
शक्रबार किसान आन्दोलनको बारेमा गरिएको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । यता, शनिबार सोनिया गान्धीले पार्टीको नीतिगत विषयमा छलफल गर्न बैठक बोलाएकी छिन् । जसमा गुलाम नबी आजाद, शशी थरुर र भुपेन्द्रसिंह हड्डा लगायतका नेताहरु समेत उपस्थित हुने जनाइएको छ ।
यस बैठकसम्बन्धी प्रश्नमा सुरजेवालाले भने, ‘कोभिड प्रोटोकलका कारण पार्टी अध्यक्षले धेरै समयसम्म जनतालाई भेट्न सकेनन्, तर शनिबारदेखि १४ दिनपछि उनले सबै नेता कार्यकर्ताहरुलाई भेट्ने कार्यक्रम रहेको छ ।’ केही वरिष्ठ नेताहरुका अनुसार काँग्रेसले छिट्टै नयाँ अध्यक्ष छनोट गरिसकेको छ र त्यसका लागि तयारी पनि भैरहेको छ ।’
उनले भने, ‘पार्टीले चाँडै नै नयाँ अध्यक्ष छान्ने प्रक्रिया सुरु गर्नेछ ।’ अध्यक्षको निर्वाचनमा इलेक्ट्रोकल कलेज, एआईसीसी र पार्टी कार्यकर्ताहरुले मिलेर अध्यक्ष चयन गर्नेछन् । मलाई लाग्छ कि पार्टीका ९९.९ प्रतिशत मानिसहरु लगायत म पनि राहुललाई काँग्रेसको नेतृत्व गनुपर्छ भन्नेमा छौं । साथै उनी मोदी सरकारसँग प्रतिस्पर्धा गर्न सक्षम पनि छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण