पाकिस्तानको आरोप : भारतले ‘सर्जिकल स्ट्राइक’ को तयारी गर्दैछ !
पाकिस्तानका विदेशमन्त्र कुरेशीले भारतले पाकिस्तानमाथि ‘सर्जिकल आक्रमण गर्ने तयारी गरिरहेको’ आरोप लगाएका छन् ।
युनाइटेड अरब इमिरेट्सको राजधानी अबु धाबीमा पत्रकारहरुसँग शुक्रबार कुराकानी गर्दै पाकिस्तानी विदेशमन्त्री शाह मेहमुद कुरेशीले भारतले आक्रमण गरे पाकिस्तानले प्रत्याक्रमण गर्ने चेतावनी दिएका छन् ।
आफ्ना गुप्तचर स्रोतले भारतले पाकिस्तानी भूमिमाथि घात लगाएर आक्रमण गर्ने तयारी गरिरहेको सूचनाहरु संकलन गरेको जानकारी पनि कुरेसीले दिएका छन् ।
उनले पत्रकारहरुलाई जानकारी दिएअनुसार, यो निक्कै गम्भीर कुरा हो । उनले भारले आफ्ना नजिकका सहयोगीहरु ठानेका मुलुकहरुबाट त्यस कार्यमा सहमति प्राप्त गर्नको लागि कोशिश गरिरहेको पनि आफ्नो जानकारीमा रहेको बताए ।
भारतको सम्भावित सैनिक आक्रमणका विरुद्ध अन्तर्राष्ट्रिय समुदायलाई सचेत गर्दै पाकिस्तानले तनावलाई कम गर्न सहयोगका लागि अनुरोध समेत गरेको छ ।
यी दुई आणविक शक्ति सम्पन्न मुलुकबीच यसअघि तीनवटा युद्ध भइसकेका छन् । अहिले यी दुई मुलुकबीच तनाव घनीभूत ढंगले चर्कंदै गइरहेको छ । दुवै मुलुकले यतिखेर आफूलाई उच्च सैनिक सतर्कताको स्थितिमा राखेको छ । गत फेबु्रअरीमा भारतले पाकिस्तानी सीमामा घुसेर बमवर्षा गरेपछि र पाकिस्तानले पनि भारतीय फाइटर जेटलाई गोली हानेर खसालेको थियो । त्यसको केही समयपछि पाकिस्तानले आफ्नो कजामा रहकेो भारतीय पाइलटलाई फिर्ता बुझाइदिएको थियो ।
पाकिस्तानी विदेशमन्त्रीले उक्त घटनाको स्मरण गराउँदै पाकिस्तान पूर्ण रुपमा तयार रहेको र कुनै पनि किसिमको आक्रमण भएमा त्यको कडा जवाफ दिने चेतावनी दिएका छन् ।
पछिल्लो चरणमा यी दुई मुलुकबीच फेरि चर्केको तनाव यतिखेर विस्फोटक स्थितिमा पुगेको छ ।
Title Photo: https://i.insider.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन पालिकालाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण