खोलाबेसीमा मोटरेबल पुल निर्माण गरिने
पोखरा महानगरपालिका– ३१ मा पर्ने खोलाबेसीमा मोटरेबल पुल निर्माण गरिने भएको छ । आगामी वैशाख महिनाभित्र निर्माण सम्पन्न गरिने १६ मिटर लम्बाइ र ८.४ मिटर चौडाइको सो पुल महानगरको रु दुई करोड १२ लाखको लागतमा निर्माण गरिने भएको हो ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शनिबार पुलको शिलान्यास कार्यक्रममा पूर्वाधार निर्माणलाई उत्पादनसँग जोड्नु पर्ने बताए ।
विकटलाई निकटमा ल्याउने लक्ष्यका साथ महानगरपालिकाले आवश्यकतानुसार सडक निर्माणलाई प्राथमिकतामा राखेको बताउँदै उहाँले विकास निर्माणमा सबैको साथ र सहयोगको आवश्यकता औँल्याए ।
पोखरा–३१ का वडाअध्यक्ष कमलबहादुर थापाले खोलाबेसी पुल यस क्षेत्रको समृद्धिको आधार भएको उल्लेख गर्दै तोकिएको समय र गुणस्तरमा कुनै पनि सम्झौता नहुने बताए ।
कार्यक्रममा स्थानीय समाजसेवी कृष्णप्रसाद आचार्य, जग्गादाता रामचन्द्र सुवेदी र सचिव कमल सुवेदी लगायतले पुल निर्माणले पोखरा २८ को पूर्वीभेग र मादी गाउँपालिकाको मकैखोलाका स्थानीय बासिन्दालाई आवतजावतमा सुविधा पुग्ने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करण जोहरको मेगा बजेट फिल्ममा टाइगर श्राफ
-
तरकारीको मूल्य निर्धारणमा व्यापारीको हालीमुहाली, किसानलाई बाइपास
-
चुरोट नियमनबाहिर, भेपमा प्रतिबन्ध !
-
आईपीएलको पहिलो क्वालिफायर आज : फाइनलमा पुग्ने पहिलो टोली बन्ने धुनमा कोलकाता र हैदराबाद
-
टीओआरको ड्राफ्ट ‘फाइनल’ गर्नुअघि कार्यदलका सदस्यले आन्तरिक छलफल गर्ने
-
रातिको खानाले तपाईँको तौल त बढाइरहेको छैन ?