खोलाबेसीमा मोटरेबल पुल निर्माण गरिने
पोखरा महानगरपालिका– ३१ मा पर्ने खोलाबेसीमा मोटरेबल पुल निर्माण गरिने भएको छ । आगामी वैशाख महिनाभित्र निर्माण सम्पन्न गरिने १६ मिटर लम्बाइ र ८.४ मिटर चौडाइको सो पुल महानगरको रु दुई करोड १२ लाखको लागतमा निर्माण गरिने भएको हो ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शनिबार पुलको शिलान्यास कार्यक्रममा पूर्वाधार निर्माणलाई उत्पादनसँग जोड्नु पर्ने बताए ।
विकटलाई निकटमा ल्याउने लक्ष्यका साथ महानगरपालिकाले आवश्यकतानुसार सडक निर्माणलाई प्राथमिकतामा राखेको बताउँदै उहाँले विकास निर्माणमा सबैको साथ र सहयोगको आवश्यकता औँल्याए ।
पोखरा–३१ का वडाअध्यक्ष कमलबहादुर थापाले खोलाबेसी पुल यस क्षेत्रको समृद्धिको आधार भएको उल्लेख गर्दै तोकिएको समय र गुणस्तरमा कुनै पनि सम्झौता नहुने बताए ।
कार्यक्रममा स्थानीय समाजसेवी कृष्णप्रसाद आचार्य, जग्गादाता रामचन्द्र सुवेदी र सचिव कमल सुवेदी लगायतले पुल निर्माणले पोखरा २८ को पूर्वीभेग र मादी गाउँपालिकाको मकैखोलाका स्थानीय बासिन्दालाई आवतजावतमा सुविधा पुग्ने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण