शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भाइरसबाट विश्वभर करिब १६ लाख ८० हजारको मृत्यु

आइतबार, ०५ पुस २०७७, १८ : ३६
आइतबार, ०५ पुस २०७७

एजेन्सी । चीनको हुबे प्रान्तको वुहान शहरमा गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म १६ लाख ७९ हजार ११४ व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिलाई जानकारी दिएको छ । 

कोरोना भाइरसको कारण विश्वमा सब भन्दा बढी प्रभावित राष्ट्रको रुपमा अमेरिका रहेको छ । अमेरिकामा गत जनवरीबाट शुरु भएको यस कोरोना भाइरसको कारण ३ लाख १४ हजार ३०५ व्यक्तिको मृत्यु भइसकेको छ ।  अमेरिकापछि ब्राजिलमा १ लाख ८५ हजार ६५० जनाको मृत्यु भएको छ । त्यसैगरी भारतमा १ लाख ४५ हजार १३६ जनाको मृत्यु भएको छ । मेक्सिकोमा कोरोनाबाट १ लाख १७ हजार २४९ व्यक्तिको मृत्यु भएको छ । इटालीका कोरोना भाइरसबाट ६८ हजार ४४७ जनाको मृत्यु भएको छ । 

गत सात दिनभित्र कोरोना भाइरसको कारण अमेरिकामा १८ हजार ३४५ जनाको मृत्यु भएको छ । ब्राजिलमा  ५ हजार २१३ जनाको मृत्यु भएको छ ।  इटालीमा ४ हजार ५०७ जनाको मृत्यु भएको छ ।  मेक्सिकोमा ४ हजार  २३० जनाको मृत्यु भएको छ भने जर्मनीमा ३ हजार ९६८ जनाको मृत्यु भएको एएफपी समाचार समितिले जानकारी दिएको छ । –एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप