कोरोना भाइरसबाट विश्वभर करिब १६ लाख ८० हजारको मृत्यु
एजेन्सी । चीनको हुबे प्रान्तको वुहान शहरमा गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म १६ लाख ७९ हजार ११४ व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिलाई जानकारी दिएको छ ।
कोरोना भाइरसको कारण विश्वमा सब भन्दा बढी प्रभावित राष्ट्रको रुपमा अमेरिका रहेको छ । अमेरिकामा गत जनवरीबाट शुरु भएको यस कोरोना भाइरसको कारण ३ लाख १४ हजार ३०५ व्यक्तिको मृत्यु भइसकेको छ । अमेरिकापछि ब्राजिलमा १ लाख ८५ हजार ६५० जनाको मृत्यु भएको छ । त्यसैगरी भारतमा १ लाख ४५ हजार १३६ जनाको मृत्यु भएको छ । मेक्सिकोमा कोरोनाबाट १ लाख १७ हजार २४९ व्यक्तिको मृत्यु भएको छ । इटालीका कोरोना भाइरसबाट ६८ हजार ४४७ जनाको मृत्यु भएको छ ।
गत सात दिनभित्र कोरोना भाइरसको कारण अमेरिकामा १८ हजार ३४५ जनाको मृत्यु भएको छ । ब्राजिलमा ५ हजार २१३ जनाको मृत्यु भएको छ । इटालीमा ४ हजार ५०७ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ४ हजार २३० जनाको मृत्यु भएको छ भने जर्मनीमा ३ हजार ९६८ जनाको मृत्यु भएको एएफपी समाचार समितिले जानकारी दिएको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण