गुल्मीमा ट्र्याक्टर दुर्घटना, युवतीको मृत्यु
आइतबार, ०५ पुस २०७७, २२ : ३४
गुल्मी । गुल्मीमा ट्र्याक्टर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । दुर्घटनामा परी जिल्लाको मुसिकोट नगरपालिका–५ की ३१ वर्षीया पार्वती विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदारनाथ पन्तले जानकारी दिए ।
मुसिकोट नगरपालिकाको वामिटक्सारबाट सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु३त ११०० नंको ट्र्याक्टर चिउरी डाँडामा दुर्घटनामा परेको हो । दुर्घटनामा इस्मा गाउँपालिका–२ का चालक ३२ वर्षीय कृष्ण कुमाल घाइते भएका छन् । उनको गुल्मी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ । ट्र्याक्टर अनियन्त्रित भई सडकदेखि ७०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण