‘अन्तिम’ को टिजरमा सलमान र आयुषको द्वन्द्व
मुम्बई । सलमान खानको फिल्म ‘अन्तिमः द फाइनल टु«थ’ अहिले चर्चामा रहेको छ । सलमान खान र आयुष शर्माको अभिनय रहने फिल्मको सुटिङ सुरु भएको केही समय पनि भएको छैन । तर पनि यसको टिजर रिलिज गरिएको छ । फिल्मको टिजर बाहिर बाउने बितिक्कै भाइरल समेत भएको छ ।
टिजरमा फिल्मको एक्सनका दृश्य समेत समेटिएका छन् । सलमान र आयुष एक अर्काेसँग लड्दै गरेको टिजरमा देखाइएको छ । फिल्ममा सलमानले सरदारको भूमिका निर्वाह गरेका छन् । आयुष भने बडी बिल्डरको लुक्समा देखिएका छन् ।
सलमानले टिजरलाई आफ्नो ट्वीटर एकाउन्टबाट पनि शेयर गरेका छन् । टिजर शेयर गर्दै उनले लेखेका छन्–‘अन्तिमको शुरुवात’ । फ्यानले टिजरलाई लाइक गर्दै कमेन्ट समेत गरेका छन् । फिल्ममा अविका गौर भने आयुष शर्माको अपोजिट भूमिकामा देखिनेछिन् ।
‘अन्तिम’ सलमान खानको प्रोडक्सनकै फिल्म हो । फिल्म अगस्ट २०२१मा रिलिज हुनसक्छ । महेश मान्जरेकरले फिल्मको निर्देशन गरेका हुन् । फिल्म २०१८ को सुपरहिट मराठी फिल्म ‘मुलशी’को रीमेक बताइएकोछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण