गुप्तचरका पहुँचवाला दुई इन्सपेक्टर डिएसपीमा बढुवा
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका दुईजना इन्सपेक्टरलाई प्रमुख अनुसन्धान अधिकृत (डिएसपी)मा बढुवा गरिएको छ ।
छड्के बाटोबाट राष्ट्रिय अनुसन्धान विभागमा ईन्ट्रि गरेकी बिना केसी र सुन्दरमणी पोखरेललाई प्रमुख अनुसन्धान अधिकृतकमा बढुवा गरेको बताईएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा राअवी प्रमुख गणेश अधिकारीले अन्य पतिस्पर्धीलाई पाखा लगाउँदै उनिहरुलाई बढुवा गरेका हुन् । बिना केसी प्रधानमन्त्री ओली निकट मानिने गोविन्द थापाकी पत्नि हुन् ।
प्यूठान घर भएका सुन्दरमणी पोखरेल ओली निकट नेताका छोरा हुन् । केही समयअघि चीनमा तालिम गरेर फर्केका पोखरेल बुटवलमा कार्यरत छन् ।
बिना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ‘स्टिङ अपरेशन’ गर्ने टिममा कार्यरत छिन् । चार बर्षदेखी अख्तियारमा अड्डा जमाएकी बिनालाई बढुवा गर्दा सो ब्याचका १४ जना प्रतिस्पर्धी थिए । तर, पहुँचको भरमा बिना बढुवा भइन् ।
राष्ट्रिय अनुसन्धान विभागले गरेको बढुवा सिफारिस प्रधानमन्त्रीको कार्यालयका सचिवले सदर गर्ने कानुनी प्रावधान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण