गुप्तचरका पहुँचवाला दुई इन्सपेक्टर डिएसपीमा बढुवा

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका दुईजना इन्सपेक्टरलाई प्रमुख अनुसन्धान अधिकृत (डिएसपी)मा बढुवा गरिएको छ ।
छड्के बाटोबाट राष्ट्रिय अनुसन्धान विभागमा ईन्ट्रि गरेकी बिना केसी र सुन्दरमणी पोखरेललाई प्रमुख अनुसन्धान अधिकृतकमा बढुवा गरेको बताईएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा राअवी प्रमुख गणेश अधिकारीले अन्य पतिस्पर्धीलाई पाखा लगाउँदै उनिहरुलाई बढुवा गरेका हुन् । बिना केसी प्रधानमन्त्री ओली निकट मानिने गोविन्द थापाकी पत्नि हुन् ।
प्यूठान घर भएका सुन्दरमणी पोखरेल ओली निकट नेताका छोरा हुन् । केही समयअघि चीनमा तालिम गरेर फर्केका पोखरेल बुटवलमा कार्यरत छन् ।
बिना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ‘स्टिङ अपरेशन’ गर्ने टिममा कार्यरत छिन् । चार बर्षदेखी अख्तियारमा अड्डा जमाएकी बिनालाई बढुवा गर्दा सो ब्याचका १४ जना प्रतिस्पर्धी थिए । तर, पहुँचको भरमा बिना बढुवा भइन् ।
राष्ट्रिय अनुसन्धान विभागले गरेको बढुवा सिफारिस प्रधानमन्त्रीको कार्यालयका सचिवले सदर गर्ने कानुनी प्रावधान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैभवलाई अस्ट्रेलियाका महान् खेलाडीको सुझाव
-
प्रधानमन्त्री ओलीले भने– ‘हाम्रो कसैप्रति झुकाव हुँदैन, कसैसँग संलग्न हुँदैनौ’
-
पिता मदनमणिले इल्यालाई भने— अहो ! तिमी त निकै राम्रो लेख्दी रहिछौ !
-
थाइल्यान्डमा एक सशस्त्र आक्रमणकारीले गोली चलाउँदा तीन जनाको मृत्यु
-
पत्रकारको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न आयोगको आग्रह
-
सदनमा गलत बोल्नेलाई तत्काल प्रतिवाद गर्न प्रधानमन्त्री ओलीको निर्देशन