कृष्ण भजन ‘अलमल नगरौं’मा अन्जली
मङ्गलबार, ०७ पुस २०७७, १२ : १७
काठमाडौं । अन्जली अधिकारी पछिल्लो समय म्युजिक भिडियोमा चलेकी मोडल हुन् ।
लोक, आधुनिक होस् वा भजन सबै प्रकारको गीतमा उनको मोडलिङ देख्न सकिन्छ ।
यस्तैमा गायक लोक पौडेलको कृष्ण महिमा झल्कने भजन ‘अलमल नगरौं’मा पनि अन्जलीको मोडलिङ रहेको छ ।
समय र उमेर छँदै ईश्वरप्रति भक्तिभाव राख्न र सेवा आराधनामा लाग्न अनुरोध गरिएको भजनमा डा. भोला रिजालको शब्द र नरहरि प्रेमीको संगीत रहेको छ । कमल सौरागले भजनलाई संगीत संयोजन गरेका हुन् ।
भिडियोमा अन्जली अधिकारीलाई मोडलिङमा राज खड्काले साथ दिएका छन् । बुद्ध थापाको छायाँंकन र बिष्णु खड्काको सम्पादन रहेको भिडियो राज खड्काले निर्देशन गरेका हुन् ।
भिडियो:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण