शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा डाक्टरहरु चढेको कार बिस्फोट, कम्तिमा ४ जनाको मृत्यु

मङ्गलबार, ०७ पुस २०७७, १७ : ०१
मङ्गलबार, ०७ पुस २०७७

एजेन्सी । अफगानिस्तानको राजधानी काबुुलमा कार बम बिस्फोट हुँदा चार डाक्टरसहित कम्तिमा ५ जनाको मृत्यु भएको छ । प्रहरी प्रवक्ता फरदावस फरामान्जकाअनुसार काबुुल पुलिसका डाक्टरहरुको टोली काबुुलबाट पूर्वतर्फ रहेको पुुल–ए चारखी जेल जाँदै थिए, जहाँ सयौं तालिवान लडाकुहरुलाई राखिएको छ । 

प्रहरीकाअनुसार ती डाक्टरहरु चढेको कारमा बम जडान गरिएको थियो । यद्यपी, हमला डाक्टरहरुलाई नै लक्षित गराएर गराइएको हो वा होइन भन्ने विषय अझै खुलिसकेको  छैन । बिस्फोटमा अन्य दुुई व्यक्ति घाइते भएका छन् । अहिलेसम्म कसैले पनि यस घटनाको जिम्मेवारी लिएको छैन । विस्फोटपछि आसपास रहेका भवन र पसलहरुमा क्षति पुुगेको छ । 

काबुलमा पछिल्लो समय भइरहेका निरन्तर हमलाहरुमा आईएसआईएल समूह संलग्न भएको हुनसक्ने आशंका छ । यसअघि आइतबार अफगानिस्तानस्थित अमेरिकी सेनाको अखडामा भएको रकेट हमलाको जिम्मेवारी आईएसआईएलले लिएको थियो । आइतबारै काबुलमा कार बम बिस्फोट हुँदा कम्तिमा ९ जनाको ज्यान गएको थियो भने १५ जनाभन्दा धेरै मारिएका थिए । 

त्यसैगरी सोमबार बन्दूकधारीहरुले पूर्वी शहर गजनीमा अफगानी पत्रकार रहमतुुल्लाह निक्जादको हत्या गरेका छन् । पछिल्ला दुुई महिनामा अफगानिस्तानमा ज्यान गुमाउने उनी तेस्रो पत्रकार हुन् ।   सरकार र तालिवानबीच कतारमा शान्तिवार्ता गरिएपनि अफगानिस्तानमा हिंसा रोकिएको छैन । यस वार्ताले दशकौंसम्मको हिंसा अन्त्य गर्ने अपेक्षा गरिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप