जडिबुटीमा खाजा घरमा काम गर्ने युवती मृत फेला
बुधबार, ०८ पुस २०७७, १२ : ३३

काठमाडौं । कोटेश्वर जडिबुटीस्थित न्यू फ्रेन्डसिप खाजा घरमा काम गर्ने १८ वर्षीया युवती मृत फेला परेकी छिन् । जडिबुटी पुलसँगैको सुकुम्बासी बस्तीमा मनिषा परियारको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले रातोपाटीलाई बताए ।
जडिबुटीमा रहेको न्यू फ्रेन्डसिप खाजा घरमा काम गर्ने मनिषा सो खाजाघर सञ्चालक जयराम ठकुरी र सुस्मा तामाङसँगै बस्थिन् । काम्ने, उफ्रिने र तर्सिने जस्ता अस्वभाविक क्रियाकलाप गर्न थालेपछि होटल सञ्चालकले गएराती परिवारको जिम्मा लगाएको प्रहरीलाई बताएका छन् । बुधवार विहान पुलछेउमा उनको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
सोधपुछका लागी होटल सञ्चालक जयराम र सुस्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भईरहेको डिएसपी विष्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवन ‘सजिलो’ होइन ‘सार्थक’ बनाउने होड
-
विपी राजमार्गमा लेदोसहितको पहिरो, आवतजावत ठप्प
-
स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु
-
जलनमा परेका विपन्न नागरिकको निःशुल्क उपचार गरिने
-
डेडिकेटेड र ट्रंकलाइन बक्यौता: पुनरवलोकनका लागि ४६ उद्योगले दिए निवेदन
-
कारागारमा कैदीबन्दीको मृत्यु प्रकरण : सहायक सीडीओको नेतृत्वमा छानबिन समिति गठन