जडिबुटीमा खाजा घरमा काम गर्ने युवती मृत फेला
बुधबार, ०८ पुस २०७७, १२ : ३३
काठमाडौं । कोटेश्वर जडिबुटीस्थित न्यू फ्रेन्डसिप खाजा घरमा काम गर्ने १८ वर्षीया युवती मृत फेला परेकी छिन् । जडिबुटी पुलसँगैको सुकुम्बासी बस्तीमा मनिषा परियारको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले रातोपाटीलाई बताए ।
जडिबुटीमा रहेको न्यू फ्रेन्डसिप खाजा घरमा काम गर्ने मनिषा सो खाजाघर सञ्चालक जयराम ठकुरी र सुस्मा तामाङसँगै बस्थिन् । काम्ने, उफ्रिने र तर्सिने जस्ता अस्वभाविक क्रियाकलाप गर्न थालेपछि होटल सञ्चालकले गएराती परिवारको जिम्मा लगाएको प्रहरीलाई बताएका छन् । बुधवार विहान पुलछेउमा उनको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
सोधपुछका लागी होटल सञ्चालक जयराम र सुस्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भईरहेको डिएसपी विष्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण