बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पानी र शौचालय नहुँदा सास्ती भोग्दै स्थानीय

बुधबार, ०८ पुस २०७७, १३ : १५
बुधबार, ०८ पुस २०७७

बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ डुडुवा बस्तीमा पानी र शौचालय नहुँदा स्थानीयहरुले सास्ती भोग्दै आएका छन् । ४२ घरधुरी रहेको उक्त बस्तीमा दुई वटा पानीको धारा र दुई वटा शौचालय मात्रै रहेको छ । जसका कारण बस्तीका मानिसहरुको दैनिक जीवन नै कष्टपूर्ण बनेको छ । 

बाँकको कोहलपुर नगरपालिका वडा नं. ११ डुडुवा बस्ती भूमिहिन व्यक्तिहरुको बस्ती हो । यो बस्तीमा बस्ने सबै मानिसहरु भूमिहिन छन् र उनीहरु दैनिक मजदुरी गरेर छाक टार्ने गर्छन् । ४२ घरधुरीका लागि जम्मा २ वटा शौचालय र दुईवटा पानीको धारा छन् । उनीहरुका लागि हिँड्ने बाटो समेत छैन । जसले गर्दा डडुवाबासीको दैनिक जीवन नै कष्टपूर्ण बनेको हो । 

शौचालय र पानीको समस्या अहिलेको होइन । यो समुदायका मानिसहरुमा आफै पानीको धारा र शौचालय बनाउने क्षमता पनि छैन । आर्थिक रुपले विपन्न यो बस्तीको समस्या समाधानमा अहिले सम्म कुनैपनि सरकारको ध्यान जान सकेको छैन । दिनभर काम गरेर साँझ खानुपर्ने यस वस्तीका मानिसहरुले कोरोना महामारी नियन्त्रणका लागि लकडाउन भएपछि झनै समस्या बेहोर्नु परेको छ ।  

डुडुवा बस्तीका मानिसहरु आफै सानो सानो झुप्रो बनाएर बसिरहेका छन् । तर आफै शौचालय र धारा निर्माण गर्न नसक्ने उनीहरुले पटकपटक समस्या समाधानका लागि नगरपालिका धाएका पनि छन् । तर नगरपालिकाले उपेक्षा गरेका कारण समस्या झेलेरै बस्न बाध्य भएको उनीहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप