प्रतिनिधिसभा विघटनविरुद्ध भैरहवामा प्रदर्शन
प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टी नेपाल (जसपा) ले आज विभिन्न ठाउँमा प्रर्दशन गरेको छ । यस्तै रुपन्देहीको भैरहवामा ¥याली तथा विरोध प्रदर्शन गरेको छ । केपी ओली सरकारको असंवैधानिक कदमविरुद्ध विरोध प्रदर्शन गरिएको जसपा रुपन्देहीका अध्यक्ष राम अवतार यादवले बताए ।
सिद्धार्थनगर–४ उद्योगपुरीस्थित जसपा रुपन्देही जिल्ला पार्टी कार्यालयबाट सुरु भएको ¥याली गल्लामण्डी, मिलनचोक, नारायणपथ हुँदै बुद्धचोकमा पुगेर सभामा परिणत भएको जसपा लुम्बिनी प्रदेश सदस्य उज्जवल पोखरेलले जानकारी दिए ।
सभालाई सम्बोधन गर्दै जसपाका केन्द्रीय सदस्य तथा पूर्व वनमन्त्री मोहम्मद वकिल मुसलमानले संविधानमै व्यवस्था नभएको प्रतिनिधिसभा संसद विघटन गरेर ओली सरकारले असंवैधानिक कदम चालेको बताए । उनले गणतन्त्रको संरक्षण ओली नेतृत्वका सरकारबाट हुन नसक्ने दावी गरे । पार्टीका केन्द्रीय सदस्य देवेन्द्र पाण्डेय (सागर)ले ओली सरकारबाट न्यायको आशा गर्न नसकिने बताए । केन्द्रीय सदस्य अतिअुल्लाह मुसलमानले नेपालको नागरिकले राजतन्त्र फालेकोले प्रधानमन्त्री ओलीलाई पनि हटाउन समय नलाग्ने बताए ।
लुम्बिनी प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेयले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमले तीन करोड नेपाली जनतालाई दुःखी बनाएको बताए । जसपा लुम्बिनी प्रदेश सदस्य रामु यादवले नेकपाभित्रको आन्तरिक किचलोले प्रधानमन्त्री ओलीले दादागिरी शैलीमा असंवैधानिक कदम चालेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण