आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

आगामी तीन दिनको मौसम पूर्वानुमान

बिहीबार, ०९ पुस २०७७, ०७ : ४२
बिहीबार, ०९ पुस २०७७

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । 

यसैगरी, हाल गण्डकी, बागमती, कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ  । 

आगामी तीन दिनको मौसम पूर्वानुमानः

पौष ९ गते (बिहीबार)

दिउँसोः प्रदेश नं १ र  बागमती प्रदेशका पहाडी भूभागमा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

रातिः  प्रदेश नं १ का पहाडी भूभागमा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

पौष १० गते (शुक्रबार)

दिउँसोः प्रदेश नं १ का पहाडी भूभागमा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

रातिः  प्रदेश नं १ का पहाडी भूभागमा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष ११ गते (शनिबार)

दिउँसोः प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

रातिः गण्डकी प्रदेश,लुम्बिनि प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप