फोक्सोलाई स्वस्थ राख्न खानै नहुने ४ चीज
एजेन्सी - फोक्सोलाई स्वस्थ राख्नका लागि डाइट जरुरी हुन्छ । धुम्रपानको धुँवा र वातावरणको प्रदुषित हावाका कारण फोक्सोमा समस्या आउँछ । साथै, फोक्सोलाई समेत कमजोर बनाउँछ ।
फोक्सोले अक्सिजनलाई फिल्टर गर्ने काम गर्छ । त्यसैले शरीरलाई स्वस्थ राख्न र बिना रोकावट काम गर्नका लागि फोक्सो स्वस्थ हुनुपर्छ । त्यसैले पोषक तत्वको सेवन गर्नु आवश्यक छ । त्यसैले फोक्सोलाई हानी गर्ने केही चीजहरु खानु विषसमान हुन्छ ।
प्रोसेस्ड मासु
अनुसन्धानकर्ताका अनुसार प्रोसेस्ड गरिएको मासुलाई सुरक्षित राख्नको लागि प्रयोग गरिने नाइट्राइटले फोक्सो सुन्निने र फोक्सोमा तनाव पैदा गर्ने काम गर्छ ।
मद्यपान
कलेजो र फोक्सोका लागि मद्यपान गर्नु अत्यन्तै नोक्सानदायक हुन्छ । मद्यपानले सल्फेट्स दमका लक्षणहरुलाई झनै खराब गर्छ । र मद्यपानमा हुने इथेनाइलले फोक्सोका कोशिकाहरुलाई कमजोर बनाउँछ । अत्यधिक मद्यपानले निमोनिया र फोक्सोमा अन्य संक्रमणहरु हुने सम्भावना हुन्छ ।
धेरै नुन
अत्यधिक नुन खानु फोक्सोका लागि बेफाइदा हुन्छ । जसले अत्यधिक नुन सेवन गर्छ त्यस्ता व्यक्तिलाई दीर्घकालीन रुपमा ब्रोंकाइटिसको समस्या हुनसक्छ । साथै, धेरै सोडियमले दमको समस्या पनि पैदा गर्छ ।
सुगन्धित पेयपदार्थ
फोक्सोलाई स्वस्थ राख्नका लागि सुगन्धित पेयपदार्थ पिउनु हुँदैन । सुगन्धित र सफ्ट पेयपदार्थ पिउने बानीले फोक्सोमा विभिन्न समस्या पैदा गराउँछ । यदि धुम्रपान गर्ने बानी छ र सफ्ट पेयपदार्थ पिउने बानी छ भने फोक्सोलाई विभिन्न समस्या पैदा गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण