गलत नजिरलाई स्थापित हुनबाट रोक्नैपर्छ: प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको मर्म र भावनाविरुद्ध संसद विघटन गरेर बसाल्न खोजिएको गलत नजिरलाई स्थापित हुनबाट रोक्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
जारी केन्द्रीय कमिटीको बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले संविधान र यो व्यवस्थालाई असफल बनाउन प्रतिक्रियावादी र प्रतिगामीहरुले ठुलो षड्यन्त्र गरेको र त्यसका विरुद्ध अहिलेसम्मकै ठुलो संघर्ष र त्यागका लागि तयार हुनुपर्ने बताए । ‘पहिलाका तुलनामा कयौं गुणा बढी त्यागका लागि तयार हुनुपर्छ,’ उनले भने, ‘निर्वाचन भइहाल्छ, चुनाव जितिहालिन्छ भनेर हुँदैन । यो ठुलो डिजाइनअनुसार भएको हो, त्यति सजिलै यसलाई लिनु हुँदैन ।’
उनले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल लगायत परिवर्तनका पक्षधर राजनीतिक दलहरुलाई पनि संविधानमाथि संकट निम्तिएको यो घडीमा सशक्त प्रतिवादमा उत्रन आह्वान गरे । उनले हिजोका दिनमा सँगै लडेका साथीहरुलाई जनताका उपलब्धि रक्षाका लागि एक हुन अपिल गरे ।
उनले भने, ‘प्रतिक्रान्तिको खतरालाई रोक्न सक्यौ भनेमात्र इतिहासमा हाम्रो गौरव रहन्छ ।’ आन्दोलनलाई अघि बढाउने, संगठनलाई जीवित तुल्याउने र जनताका अधिकार रक्षा गर्नु अहिलेको प्राथमिकता रहेको उनको भनाइ थियो । उनले भने– क्रान्तिका उपलब्धिलाई रक्षा गर्ने काम हाम्रा लागि ‘लाइफ एन्ड डेथ’ हो ।
उनले बैठकमा रमाईलो किस्सा समेत सुनाए । जनयुद्धका क्रममा भूमिगत रहेको बेला भारतको लखनउ सडकमा हम जिन्दा है अर्थात ‘हामी जिउँदै छौ’ भन्दै एक हुल मानिसहरुले नारा लगाईरहेका थिए । प्रचण्डले भने, ‘त्यहाँ के भएको रहेछ भने आफन्तले जग्गा खानको लागि जिउँदै मृत्युदर्ता गरेर जग्गा हत्याएका थिए । आफ्नो जग्गा फिर्ता नपाएपछि हम जिन्दा है भन्दै उनीहरुले जुलुस निकालेका रैछन् ।’ अहिले यहाँ पनि त्यस्तै भैरहेको छ । संविधानले संसद भङ्ग गर्ने अधिकार दिएको छैन हामी जिउँदै छौ । हामीले पनि त्यसै भन्नुपर्ने अवस्था आएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण