हामी त फुट्यौँ कमरेड
शनिबार, ११ पुस २०७७, १२ : १९
–हेमराज ढकाल ‘सुमन’
हामी त फुट्यौँ कमरेड
धुम्बाराही र पेरिसडाँडा नजाने गरी
एकअर्काको मुहार नहेर्ने गरी
भुलेर ती समाजवादका सपना
सहिदका रगत र बलिदानहरु
हामी फुट्यौँ कमरेड ।
मार्क्स, माओ र लेलिनका सिद्धान्त
पुप्पलाल, मदन र मनमोहनका विचार
यी सबैलाई टोकरी हालेर फेरि
दर्शन र सिद्धान्तभन्दा पनि हामीलाई
पद, शक्ति अनि पैसा ठूलो भो
त्यसैले त हामी फुट्यौँ कमरेड ।
गरिबको झुपडीमा दियो जलाउन
गणतन्त्रलाई बलियो बनाउन
कठै ! हाम्रो नीति भयो बदनाम
खै मेरो भाग भन्दै आफू–आफैँ लड्दै
दुनियाँलाई रमिता देखाएर सधैँ
हामी त फुट्यौँ आज ।
रेल, तेल, ग्याँस सबैमा भयो झेल
त्यो अमूल्य मतको मर्म नबुझी
गुटबन्दी र भागबन्डाको खेल खेल्दा
मैदानमा आफैँ पछारिँदा पनि हामीलाई
चेतना बुद्धि र विवेक नआउँदा कहिल्यै
हामी टुक्राटुक्रा भएर फुट्यौँ आज ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण