जहाजमा सपनाहरु
शनिबार, ११ पुस २०७७, १२ : २३
-लोकेन्द्र भण्डारी
बाका अधुरा सपनाहरु
आमाका भोका आँखाहरु
साना बच्चाका कलिला रहरहरु बोकेर
जिन्दगीको सुनौलो किरण खोज्दै
आमाको काख छोडेका
एक हुल बुद्धहरुसँगै
उडिरहेको छ जहाज
आर्यघाटको ठीक माथिबाट
आमाको कोखबाट
ऊसँगै पोखिएको रगतले
भिजेको माटो
जुन प्यारो माटोमा
खेल्ने उसका जवान रहरहरुलाई यतै छोडेर
ओसारिरहेको छ
त्यो ठूलो जहाजले
यो देशका भविष्यहरु
अनि
आफ्नै भविष्य बेचेर
ललिपप खाइरहेको छ
मेरो देशको सरकार ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
-
कारखानाभित्र पसेको भालु झ्याल खोलेर फरार, जापानी अधिकारीहरू चकित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण