भेट्टियो दस करोड वर्ष पहिला फक्रेको फूल
म्यानमारमा गूंदमा भेटिएको एउटा अवशेषले विज्ञान जगतमा तहल्का मचाएको छ। यस अवशेषको पहिचान दस करोड़ वर्ष पहिला फक्रेको फूलको रूपमा भएको छ।
दस करोड़ वर्ष पहिला पृथ्वीमा 'होमो सेपियंस' अस्तित्वमा आएका थिएनन्। पृथ्वीमा भीमकाय डायनासोरको साम्राज्य थियो। अमेरिकाको ओरेगन युनिभर्सिटीका शोधकर्ताहरुले म्यानमारमा भेटिएको यस अवशेषको पहिचान आवृत बीजी प्रजाति ( angiosperm ) को फूलका रूपमा गरेका छन्।
शोधकर्ताहरुका अनुसार यस किसिमको फूल क्रेटासस काल (Cretaceous Period) मा पाइन्थ्यो। आज भन्दा ६.५ करोड़ देखि १४.५ करोड़ वर्ष पहिलाको काललाई क्रेटासस युग भनिन्छ। भेटिएको अवशेष परीक्षणले यो झण्डै दस करोड़ वर्ष पुरानो भएको अनुमान गरिएको छ। दस करोड़ वर्ष पहिला फक्रेको फूल गूंदमा जमेर सुरक्षित रह्यो र अहिले वैज्ञानिकहरुले यसको खोजी गर्ने सफलता पाएका छन्।
भेटिएको फूलको पहिचान सदाबहार प्रजाति (Laurel Family -Lauraceae) का रूपमा भएको छ। र, यसको सम्बन्ध अस्ट्रेलियामा पाइने सासफ्रस (sasaafras) संग भएको छ। वर्तमानमा म्यानमार र अस्ट्रेलियाका बीच हज़ारौं किमी लामो समुद्रको दूरी छ। यसले के जनाउँछ भने म्यानमारमा यो फूल फ़क्रेको बेला म्यानमार र अस्ट्रेलिया दुबै गोंडवानाल्याण्डका भाग थिए।
भूगर्भविदहरुका अनुसार महाद्वीपीय प्लेटमा आएको विचलनले गर्दा आज भन्दा ५५ करोड़ वर्ष पहिला पृथ्वीको स्वरुप फेरिएको थियो। तर म्यानमारमा भेटिएको इस अवशेषले महाद्विपीय प्लेटमा आएको विचलनको समय धेरै वर आउँछ। अर्थात दस करोड़ वर्ष पहिलासम्म गोंडवानाल्याण्डको अस्तित्व रहेको थियो।

ओरेगन युनिभर्सिटीका जीवाश्म विज्ञानी जार्ज प्वाइनर भन्छन यो धेरै सुन्दर किसिमको फूल थियो होला। दस करोड़ वर्ष पहिला यो त्यहाँ रहेको जंगलको सदस्य थियो। उनका अनुसार भेटिएको फूल २ मिलीमीटर को छ र यसका ५० वटा पुंकेशर ( stamens ) आपसमा जोडिएका छन। यसका परागकोष ( anthers ) आकाशमुखी रहेका छन। पुंकेशर नर फूलको भाग हुन्छ यसले नै पराग (Pollen ) उत्पन्न गर्छ।
प्वाइनर भन्छन, भेटिएको कुरा अति सानो भए पनि यसको विवरण बड़ो रोमांचक छ। यस अवशेषले हाम्रा धेरै कुराको बुझाइमा परिवर्तन ल्याउन सक्छ। उनले यस फूलको अवशेषको नाम valviloculus pleristaminis राखेका छन। ल्याटिन भाषाको यस शब्दमा valva को अर्थ ढोकाको दुइटा पल्ला मध्येको एउटा पल्ला हुन्छ , loculus को अर्थ चिहान (tomb ) हुन्छ, plerus को अर्थ अनेकौं हुन्छ र staminis को अर्थ फूलको नर प्रजनन अंग हुन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण