बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गुल्मीमा एकाबिहानै ट्रकको ठक्करबाट २ पैदलयात्रीको मृत्यु

आइतबार, १२ पुस २०७७, ०८ : ५७
आइतबार, १२ पुस २०७७

 गुल्मीमा ट्रकको ठक्करबाट २ जना पैदल यात्रीको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय  गुल्मीका अनुसार रेसुङ्गा नगरपालिका– १३ भगारिका २६ वर्षका टोप बहादुर रजाली र २३ वर्षका बालकृष्ण भुजेलको ट्रकको ठक्करबाट आइतबार बिहान ज्यान गएको हो । 

बुटवलबाट समान लिएर तम्घास जाँदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ भगारी स्थित मसिने खोलामा  ठक्कर दिँदा उनीहरुको घटनास्थलमा नै मृत्य्ु भएको हो ।

चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । मृतकको शवलाई पोष्टमार्टकको लागि गुल्मी अस्पताल तम्घासमा राखिएको  प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप