नागरिकता वितरण प्रकरणमा त्रुटि देखिएपछि इलाका प्रशासन प्रमुख नियन्त्रणमा
आइतबार, १२ पुस २०७७, ११ : २८

नागरिकता वितरण प्रकरणमा त्रुटि देखिएपछि इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जयकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनलाई जिल्ला प्रशासन कार्यालय झापाको अनुरोधमा शनिबार साँझ जिल्ला प्रहरी कार्यालयमा बोलाएर नियन्त्रणमा लिइएको हो ।
“हामीले जिप्रकाको आदेशलाई मानेका हौँ ”, प्रहरी प्रवक्ता राकेश थापाले भने, “खै नागरिकता वितरण प्रक्रियामा केही त्रुटि भयो भन्ने कुरा आएको छ । उहाँहरुको आन्तरिक मामिला हो, छानबिन भइरहेको छ, तथ्यसहित सबै कुरा प्रमाणित भएपछि जानकारी गराउँछौँ ।”
उनीसँगै कार्यालय सहयोगी आशीर आलमलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो हो बोइङ ७८७–८ ड्रीमलाइनर विमान ?
-
५ बजेसम्म अनेरास्ववियुको निर्वाचनमा ९०५ मत खस्यो
-
अस्पतालको होस्टेलमा खसेको थियो विमान
-
कैलालीमा फरार प्रतिवादीमाथि गोली प्रहार, दुई जना पक्राउ
-
सौर्यबत्ती जडानमा साढे २ करोड भ्रष्टाचार, पूर्व गाउँपालिकाअध्यक्षसहित १० जनाविरुद्ध मुद्दा दायर
-
नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण सुरु