शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय

कस्तो हो बोइङ ७८७–८ ड्रीमलाइनर विमान ?

बिहीबार, २९ जेठ २०८२, १७ : १३
बिहीबार, २९ जेठ २०८२

काठमाडौँ । अहमदाबादमा एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान बिहीबार दुर्घटना भएको छ । विमान बिहीबार अहमदाबादबाट उडेपछि केही समयमै दुर्घटनाग्रस्त भएको थियो। यो विमान अहमदाबादबाट लन्डन गेटविक जाँदै थियो ।

२४२ यात्रु र चालक दलका सदस्यहरू सवार विमान दिउँसो १ः३८ बजे अहमदाबादबाट उडेको थियो। विमानमा सवार २४२ जनामध्ये यात्रुहरुमा १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानेडियन र सात जना पोर्चुगिज नागरिक थिए ।

क्रानफिल्ड विश्वविद्यालयका एयरोस्पेस तथा एभिएसन निर्देशक ग्राहम ब्रेथवेटका अनुसार अनुसार बोइङ ७८७–८ ड्रीमलाइनर सेवामा रहेका सबैभन्दा आधुनिक यात्रुबाहक विमानहरूमध्ये एक हो। ७८७ एक नयाँ मोडेल हो जसको सुरक्षा रेकर्ड बलियो मानिन्छ । यसअघि यो कुनै घातक दुर्घटनामा परेको थिएन । 

उनले भने, ‘दुर्घटनामा परेको विमान ११ वर्ष पुरानो बोइङ ७८७–८ ड्रीमलाइनर हो। यो ७८७ मोडेलमा भएको पहिलो ठूलो दुर्घटना हो ।’

ब्रेथवेटले थप भने, ‘यद्यपि उडानको प्रारम्भिक चरण वा टेक अफ अत्यन्त संवेदनशील हुन्छ । किनभने विमान अझै गति लिँदै हुन्छ र कुनै समस्या आए तुरुन्त प्रतिक्रिया आवश्यक पर्छ । तैपनि बोइङ ७८७ जस्तो आधुनिक विमानहरूमा यस्तो दुर्घटना निकै दुर्लभ हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप