एयर इन्डिया विमान दुर्घटना : के भन्छन् विज्ञ ?
काठमाडौँ । एयर इन्डियाको विमान बिहीबार अहमदाबादबाट उडेपछि केही समयमै दुर्घटनाग्रस्त भएको थियो। यो विमान अहमदाबादबाट लन्डन ग्याटविक जाँदै थियो ।
२४२ यात्रु र चालक दलका सदस्यहरू सवार विमान दिउँसो १ः३८ बजे अहमदाबादबाट उडेको थियो। यो विमान बोइङ ७८७–८ विमान थियो। विमानमा सवार २४२ जनामध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानेडियन र सात जना पोर्चुगिज नागरिक थिए ।
विमान सुरक्षा विशेषज्ञ मार्को च्यानका अनुसार, दुर्घटनाको समयमा मौसम ‘स्थिर र सफा’ थियो। बीबीसीसँग कुराकानी गर्दै उनले भने, ‘त्यस समयमा कुनै उल्लेखनीय बादल, आँधीबेहरी, हावा परिवर्तन वा अन्य प्रतिकूल मौसमस्थितिहरू थिएनन्, जसले दुर्घटनामा योगदान दिएको संकेत देखिँदैन ।’
च्यानले थप जानकारी दिँदै भने, ‘दुर्घटनामा परेको विमान बोइङ ७८७–८ ड्रीमलाइनर सन् २०११ देखि सेवामा आएको र यसको सुरक्षा रेकर्ड बलियो रहेको छ ।’
‘सन् २०१३ मा लिथियम–आयन ब्याट्रीसँग सम्बन्धित प्रारम्भिक समस्याहरूका कारण विश्वव्यापी रूपमा केही समयका लागि ग्राउन्ड गरिए पनि, यो विमान अहिलेसम्म कुनै घातक यात्रु दुर्घटनामा परेको छैन,’ उनले भने ।
च्यानका अनुसार अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल पछिल्ला दशकहरूमा कुनै ठूलो दुर्घटनाबिना अपेक्षाकृत सुरक्षित मानिन्थ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण