कैलालीमा फरार प्रतिवादीमाथि गोली प्रहार, दुई जना पक्राउ
बिहीबार, २९ जेठ २०८२, १७ : ०६
सारांश
- कैलालीको भजनी गाउँपालिकामा प्रहरीले गोली चलाएर दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
- ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी मिलन चन्द र हृदम ढुङ्गानालाई गोली लागेको छ।
- आत्मरक्षाका लागि चलाइएको गोलीबाट उनीहरूको खुट्टामा चोट लागेको र उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ।
काठमाडौँ । प्रहरीले कैलालीको भजनी गाउँपालिकामा गोली प्रहार गरेर दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । भजनी गाउँपालिका–७ मा फरार प्रतिवादीलाई पक्राउ गर्ने क्रममा गोली चलाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहले रातोपाटीलाई बताए ।
ज्यान मार्ने उद्योग मुद्दामा फरार मिलन चन्द र हृदम ढुङ्गानाको खुट्टामा गोली लागेको छ । दुई राउन्ड हवाई फायर गरिएको र आत्मरक्षाको लागि चलाइएको अर्को दुई राउन्ड गोली प्रतिवादीहरूको खुट्टामा लागेको डीएसपी सिंहले जानकारी दिए । घाइतेहरूलाई सेती प्रादेशिक अस्पतालमा उपचारको लागि लगिँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिदमा नयाँ युगः ‘लो बिडिङ’ हट्यो, ‘ई–मार्केटप्लेस’ र ‘रिभर्स अक्सन’
-
सार्वजनिक खरिद ऐनमा भएको संशोधनले निर्माण उद्योगका धेरै गाँठो फुकाएको छ
-
साउन १५ सम्ममा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौती गर्ने तयारी
-
धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु
-
झापामा वित्तीय अपराध बढ्दै : एकै वर्षमा ३७३ मुद्दा दर्ता, १५५ जना पक्राउ झापा
-
राष्ट्रिय सभाअन्तर्गतका तीन समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण