शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कैलालीमा फरार प्रतिवादीमाथि गोली प्रहार, दुई जना पक्राउ

बिहीबार, २९ जेठ २०८२, १७ : ०६
बिहीबार, २९ जेठ २०८२

समाचार सारांश

  • कैलालीको भजनी गाउँपालिकामा प्रहरीले गोली चलाएर दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
  • ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी मिलन चन्द र हृदम ढुङ्गानालाई गोली लागेको छ।
  • आत्मरक्षाका लागि चलाइएको गोलीबाट उनीहरूको खुट्टामा चोट लागेको र उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ।

काठमाडौँ । प्रहरीले कैलालीको भजनी गाउँपालिकामा गोली प्रहार गरेर दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । भजनी गाउँपालिका–७ मा फरार प्रतिवादीलाई पक्राउ गर्ने क्रममा गोली चलाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहले रातोपाटीलाई बताए । 

ज्यान मार्ने उद्योग मुद्दामा फरार मिलन चन्द र हृदम ढुङ्गानाको खुट्टामा गोली लागेको छ । दुई राउन्ड हवाई फायर गरिएको र आत्मरक्षाको लागि चलाइएको अर्को दुई राउन्ड गोली प्रतिवादीहरूको खुट्टामा लागेको डीएसपी सिंहले जानकारी दिए । घाइतेहरूलाई सेती प्रादेशिक अस्पतालमा उपचारको लागि लगिँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप