संसद् बैठक
सर्यो प्रतिनिधिसभा बैठक
बिहीबार, २९ जेठ २०८२, १७ : ०१
सारांश
- प्रतिनिधिसभा बैठक साढे ५ बजेसम्मका लागि सारिएको छ।
- त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसामा सेटिङको आरोप लागेपछि अख्तियारले छानबिन सुरु गरेको छ।
- प्रतिपक्षी दलहरूले छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोगको माग गरेका छन् भने सत्तापक्षले अस्वीकार गरेको छ।
काठमाडौँ । प्रतिनिधिसभा बैठक सरेको छ । संघीय संसद सचिवालयले सूचना टाँसेर तीन बजेका लागि बोलाइएको बैठक साढे ५ बजेसम्मका लागि सारिएको हो ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसामा सेटिङ भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरेपछि प्रतिपक्षी दलहरूले जेठ १३ गतेबाट संसद् बैठकमा अवरोध गर्दै आएका छन् ।
प्रतिपक्षी दलहरूले घटनाको छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउनुपर्ने माग राखेका छन् । सत्तापक्ष भने संवैधानिक निकाय अख्तियारले छानबिन गरिरहेको विषयमा छानबिनका लागि समानान्तर समिति बनाउन आवश्यक नरहेको बताउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण