संसद् बैठक
सर्यो प्रतिनिधिसभा बैठक
बिहीबार, २९ जेठ २०८२, १७ : ०१

समाचार सारांश
- प्रतिनिधिसभा बैठक साढे ५ बजेसम्मका लागि सारिएको छ।
- त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसामा सेटिङको आरोप लागेपछि अख्तियारले छानबिन सुरु गरेको छ।
- प्रतिपक्षी दलहरूले छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोगको माग गरेका छन् भने सत्तापक्षले अस्वीकार गरेको छ।
काठमाडौँ । प्रतिनिधिसभा बैठक सरेको छ । संघीय संसद सचिवालयले सूचना टाँसेर तीन बजेका लागि बोलाइएको बैठक साढे ५ बजेसम्मका लागि सारिएको हो ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसामा सेटिङ भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरेपछि प्रतिपक्षी दलहरूले जेठ १३ गतेबाट संसद् बैठकमा अवरोध गर्दै आएका छन् ।
प्रतिपक्षी दलहरूले घटनाको छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउनुपर्ने माग राखेका छन् । सत्तापक्ष भने संवैधानिक निकाय अख्तियारले छानबिन गरिरहेको विषयमा छानबिनका लागि समानान्तर समिति बनाउन आवश्यक नरहेको बताउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यान अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह
-
बजेटमा आएको विद्युत् खरिद ‘टेक एण्ड पे’ को व्यवस्था सच्याउँछौँ : ऊर्जामन्त्री
-
राष्ट्रपति रनिङ शिल्डमा सुदूरपश्चिम छात्रा भलिबल टोलीलाई स्वर्णपदक
-
एआइजी कार्कीले ल्याए नयाँ गीत ‘गुन्यु चोली पटुकी’ (भिडियाे)
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान कायमै
-
संसद् अवरोध खुलाउन सत्ता र प्रतिपक्षबिच २ बुँदे सहमति