अस्पतालको होस्टेलमा खसेको थियो विमान
अहमदाबाद । अहमदाबादमा एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान सिभिल अस्पताल होस्टेलको भवनमा ठोक्किएको खुलेको छ।
त्यतिबेला होस्टेलमा ५० देखि ६० जना इन्टर्न डाक्टरहरू थिए। सबैजना खाना खाइरहेका थिए।
दैनिक भास्करका अनुसार आफ्नो संवाददाता घटनास्थलमा पुग्दा त्यहाँबाट छ जनाको शव निकालिएको पुष्टि भएको जानकारी दिएका छन्। यद्पि शव कसको भन्ने खुलेको छैन ।
विमानमा लागेको आगोबाट निस्केको धुवाँका कारण होस्टेलको भवन पूर्ण रूपमा कालो भएको छ। जताततै भग्नावशेष मात्र देखिएको थियो। ती संवाददाताले भने, ‘भित्र जाँदा मैले देखेँ कि होस्टेल भग्नावशेष जस्तै बनेको थियो। शवहरू यता उता छरिएका थिए।’
एयर इन्डियाको विमान बिहीबार अहमदाबादबाट उडेपछि केही समयमै दुर्घटनाग्रस्त भएको थियो। यो विमान अहमदाबादबाट लन्डन गेटविक जाँदै थियो।२४२ यात्रु र चालक दलका सदस्यहरू सवार विमान दिउँसो १:३८ बजे अहमदाबादबाट उडेको थियो।
यो विमान बोइङ ७८७-८ विमान थियो। विमानमा सवार २४२ जनामध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानेडियन र सात जना पोर्चुगिज नागरिक थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण