लगातार तेस्रो दिन पनि घट्यो सेयर बजार, परिसूचक २ हजारभन्दा तल
काठमाडौं । सेयर बजार आज पनि घटेको छ । साताको पहिलो दिन आइतबार बजार परिसूचक (नेप्से) करिब ४० अंकले घटेको हो । योसँगै परिसूचक लगाता ३ दिनदेखि घट्दो क्रममा छ । आइतबार बजार ३९.९८ प्रतिशतले अंकले घट्दा परिसूचक फेरि २ हजारभन्दा तल झरेको छ । आइतबार बजार १ हजार ९ सय ९८ दशमलव ६५ अंकमा सीमित भएको हो । आजको बजारमा ४ अर्ब ६६ करोडको कारोबार भयो ।
आजको बजारमा कारोबार भएका १ सय ७५ कम्पनीमध्ये १ सय ४२ कम्पनीको मूल्य घटेको छ । २० कम्पनीको मूल्य बढ्दा १३ कम्पनीको मूल्य स्थिर रहेको देखिएको छ । बजारमा आज सबै सूचक तथा उपसूचक घटेको छ । जीवन बीमा क्षेत्रमा छ । निर्जीवन बीमा र अन्य क्षेत्रमा पनि २ प्रतिशत भन्दा बढीको गिरावट देखिएको छ ।
बजारमा आज नारायणी विकास बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढ्यो । सबैभन्दा बढी गिरावट भने विशाल बजार कम्पनी र सोल्टी होटलको ५ प्रतिशत भन्दा धेरैले भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण