जाडो मौसममा काँक्रोको सेवन किन गर्ने ?
एजेन्सी । सामान्यतयाः काँक्रो गर्मी मौसममा खाने गरिन्छ । तर, जाडो मौसममा पनि काँक्रोको सेवन गर्न सकिन्छ । काँक्रोलाई विशेषगरी सलादको रुपमा सेवन गरिन्छ । काँक्रो जाडो र गर्मी दुवै मौसममा बजारमा पाइन्छ ।
जाडो मौसममा काँक्रोको सेवन किन गर्ने ?
अतिरिक्त पानीका लागि
पानीले शरीरका भित्री अंगहरुको सफाई गर्ने काम गर्छ । पानीले आवश्यक पोषक तत्व शरीरभित्र पुर्याउँने काम गर्छ । र, यसले छालालाई पनि स्वस्थ राख्छ भने शरीरलाई डिहाइड्रेट हुनबाट पनि बचाउँछ । काँक्रोमा ९५ प्रतिशत पानी हुन्छ । त्यसैले काँक्रो खाँदा पानी पिए बराबर हुन्छ ।
पोषण
काँक्रोमा क्यालोरी निकै कम हुन्छ । एउटा मध्यम खालको काँक्रोमा १५ देखि १७ प्रतिशत क्यालोरी हुन्छ । क्यालोरी कम हुनुका साथै काँक्रोमा फाइबर, कार्बोहाइड्रेट्स, प्रोटिन, भिटामिन सी, के र बी, पोटाशियम, म्याग्निज, आइरन, जिकं र म्याग्नेशियम जस्ता पोषण तत्व पनि काँक्रोमा पाइन्छ ।
कपाल र छालाको लागि
काँक्रोमा हुने भिटामिन ए, बी, सी, के, म्याग्निज, कपर र पोटाशियमले शरीरमा प्रतिरोधक यन्त्रलाई मजबुत बनाउँछ जसको कारण कपाल र छालामा पनि राम्रो प्रभाव पर्छ । काँक्रोमा सिलिका हुने भएकाले कपालको वृद्धि छिटो हुन्छ । कपाल र छालामा केराटिन बन्नका लागि आवश्यक पर्ने सल्फर पनि कपालमा हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण