गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता विदेशी एजेण्डा हुन्ः कमल थापा
हेटौंडा । राप्रपा अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता विदेशी एजेण्डा भएको बताएका छन् । विदेशिएको इसारामा माओवादीले शुरुमा त्यो भारी बोकेर आएको र केही समयपछि काङ्ग्रेस (एमाले त्यो भारी बोक्न तयार भएको दाबी गरे । मकवानपुरको आफ्नो चुनावी क्षेत्र बकैया गाउँपालिकाको छतिवनमा आज आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै थापाले विदेशीको प्रायोजनमा भएको आन्दोलनले जनताको असली भावना बोक्न नसक्ने बताए ।
राप्रपा सबै धर्मलाई बराबरीको समानता र स्वतन्त्रताको पक्षमा रहेको र पहिचानको रुपमा हिन्दुराष्ट्र हुनुपर्ने भन्दै थापाले कुनै धर्म र आस्थाप्रति आफ्नो आपत्ति नभएको तर योजनाबद्ध ढंगले धर्म परिवर्तन गराउँदै हिँड्ने प्रवृत्तिको भने विरोध गरेको स्पष्ट पारे । धर्म नास हुँदा नैतिक मूल्य, मान्यता र चरित्र समाप्त हुने भन्दै भ्रष्टाचार, ब्यभिचार बढेर गएको धर्म प्रतिको अनास्था भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण