माइतीघरमा नौमती बाजा बजाएर विरोध प्रदर्शन (फोटोफिचर)
बुधबार, १५ पुस २०७७, १५ : ५६
काठमाडौं । संसद विघटनको विरोधमा बृहत नागरिक आन्दोलनले नौमती बाजा बजाएर प्रतिगमन विरुद्ध प्रदर्शन गरेको छ । बुधबार माइतीघर मण्डलामा महिला नौमती बाजा समूहले नौमती बाजा घन्काएर कार्यक्रममा सहभागी नागरिक समाज, बुद्धिजिवी, विभिन्न पेशा व्यावसायीहरुलाई साथ दिए ।

बृहत नागरिक आन्दोलनले यसअघि शंख एपिसोड र डम्फु एपिसोड सहित विरोध प्रदर्शन गरिसकेको छ । नागरिक आन्दोलनले संसद पुनर्स्थापनाको भएर जनताको सार्वभौम अधिकार जनतामै नआएसम्म आन्दोलनलाई निरन्तरता दिने जनाउँदै आएको छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले पुस ५ गते संसद विघटनको सिफारिस गरेलगत्तै राष्ट्रपति भण्डारीले त्यसको सदर गरी २०७८ साल वैशाख १७ र २७ गते आम निर्वाचनको घोषणा गरिसकेकी छिन् ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण