धनुषामा ५ वर्षीय बालक हत्या गरेको आरोपमा एक महिला पक्राउ
जनकपुर । धनुषाको विदेह नगरपालिकामा ५ वर्षीय बालकको हत्यामा संलग्न रहेका एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको विदेह नगरपालिका वडा नम्बर २ बस्ने दुहबी जीवन अमातका ५ वर्षीय छोरा अभिनन्दन रायको हत्या गरेको आरोपमा महिलालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए । पक्राउ पर्नेमा दुहबी बस्ने २६ वर्षीय प्रमिलादेवी अमात रहेको उनले बताए ।
बिहीवार दिउँसो अन्दाजी २ बजेतिर घरबाटै अभिनन्दन एकाएक सम्पर्कविहीन भएपछि प्रहरी टोलीले खोजतलास सुरु गरेको थियो । खोजतलास गर्दै जाँदा उनको शव बिहिबार करिब साढे ७ बजे फेला पारेको थियो । प्रहरी उपरीक्षक बस्नेतका अनुसार प्रमिलाले रुपैयाँ लेनदेन विवादलाई रिसिवी बनाई सो बालकको हत्या गरेको आरोप लगाए । ५ वर्षीय अभिनन्दन आफ्नै घर नजिक खेलिरहेको अवस्थामा चाउचाउको प्रलोभन दिएको र पछि निद्रा लागेपछि आफ्नै घर लगेर बच्चालाई सुताएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा बच्चा सुतेपछि प्रमिलाले घाँटी थिचेर हत्या गरेको देखिएको छ । बच्चालाई हत्या गरेर प्रमिलाले भैँसी बाँध्ने गोठमा शव गाडेकी थिइन् । बालक अभिनन्दनको शव पोष्टमार्टमका लागि शव प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण