फ्रान्समा १५ क्षेत्रमा रात्रिकालिन निषेधाज्ञा
एजेन्सी । फ्रान्समा कोरोनाभाइरसको सङ्क्रमण दर बढ्दै गएपछि नियन्त्रणका लागि देशका विभिन्न १५ क्षेत्रमा रात्रिकालिन निषेधाज्ञाको घोषणा सरकारले आइतबार गरेको छ । सरकारले साविकको ८ बजेपछिको निशेधाज्ञालाई ६ बजेबाट सुरू गर्ने बताएको छ । कोरोनाका कारण बढी प्रभाभित मुलुकको भुमध्यसागरीय क्षेत्रस्थित प्रमुख सहर निसलगायतका स्थानमा यो नियम लागु हुनेछ ।
देशको राजधानी पेरिस तथा पेरिसपूर्वका क्षेत्रमा भने सङ्क्रमण नियन्त्रणका लागि अपनाइएको थप नियम बाध्यकारी हुनेछैन । “फ्रान्समा कोरोनाभाइरसको फैलावटमा निरन्तरता देखिएको तर क्षेत्रगतरूपमा यसको प्रभाव कम र बढी रहेकोले बढी प्रभावित क्षेत्रमा साँझ ६ बजेदेखि नै अतिआवश्यक बाहेकका गतिविधिमा रोक लगाइएको छ,” सरकारका प्रवक्ता गाब्रियल अतलले नयाँ कदमबारे जानकारी गराउँदै भने ।
उनलाई उद्धृत गरी फ्रान्सको टीएफ–वनद्वारा प्रशारित समाचारमा भनिएको छ, “यदि निश्चित क्षेत्रमा अवस्था थप विग्रँदो भएमा हामीले आवश्यक निर्णय लिनेछौँ ।” फ्रान्समा कोभिड–१९ सङ्क्रमण भएकाको सङ्ख्या २६ लाख २० हजारभन्दा बढी पुगेको छ भने ६४ हजार ६३२ जनाको मृत्यु भएको छ ।
टीएफ–वनका अनुसार जर्मनी र फ्रान्सले गत हप्ताको अन्त्यमा कोभिड–१९ विरुद्धको खोप सर्वसाधारणको प्रयोगका लागि अनुमति दिएपनि अहिलेसम्म फ्रान्समा ३३२ जनाले मात्र खोप सेवा लिइसकेका छन् । जर्मनीमा भने खोप लिइसकेकाको सङ्ख्या एक लाख ३० हजार पुगेको छ ।
स्वास्थ्यमन्त्री अत्तलले फ्रान्सले खोप सेवालाई सुरूमा पाका व्यक्तिलाई केन्द्रित गरेको र सँगसँगै यसको जोखिमको प्रभावलाई समेत अध्ययन गरिरहेकोले सेवा केही ढिलो भएको बताए । करिब ६ महिना चलाइने अभियानलाई केही दिनमा तुलना गरिहाल्न र यसबाट निष्कर्ष निकाल्नु गलत हुने उनको दावी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण