बिग वास लिग – पूर्व क्लबविरुद्ध सन्दीप लामिछानेकोे २ विकेट, हरिकेन्स विजयी

बिग वास लिगमा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन गरेका छन् । शनिबार पूर्व क्लब मेलवर्न स्टार्सविरुद्ध उनले २ विकेट लिए । यस खेलमा होबार्ट हरिकेन्स २१ रनले विजयी भयो ।
पहिले ब्याटिङ थालेको हुरिकेन्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो । दाविद मालानले हरिकेन्सबाट सर्वाधिक ७५ रन स्कोर गरे । जवाफी ब्याटिङ गरेको मेलवर्नलाई १ सय ४३ रनमै समेट्ने क्रममा स्टक बोल्यान्डले तीन, सन्दीप लामिछाने र नाथान इलिजले दुई–दुई तथा जोहान बेथाले १ विकेट लिए ।
सन्दीपले आफ्नो पहिलो ओभरमै हिल्टन कार्टराइटलाई ८ रनमै बोल्ड गरे । त्यस्तै, बेन डंकलाई सन्दीपको बलमा म्याक डेर्मोटले क्याचआउट गरे । डंकले केवल २ रनमात्रै बनाउन पाए ।
होबार्ट हुरिकेन्स यस जितपछि दोस्रो स्थानमा उक्लिएको छ । अहिलेसम्म खेलेका ७ खेलमध्ये उसले ५ खेल जितेको छ । शीर्ष स्थानमा सिड्नी थन्डर्स छ ।
सन्दीपको पहिलो खेल
जारी सिजनमा बिग बास लिगमा सन्दीपको यो पहिलो खेल हो । कोरोनाबाट संक्रमित भएका कारण उनी समयमै बिगवास खेल्नका लागि नेपालबाट अस्ट्रेलिया जान पाएनन् । अस्ट्रेलिया गएर थप १४ दिन क्वारेन्टाइन बस्दा उनले सुरुवाती ६ खेल गुमाइसकेका थिए । बिग वासमा सन्दीपको यो तेस्रो सिजन हो । यसअघि उनले दुुई सिजन मेलवर्न स्टार्सबाट खेलेका थिए । जसक्रममा कुल २० खेल खेल्दै २६ विकेट लिन सफल भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनजन्य विपद् व्यवस्थापनको पूर्व तयारीबारे छलफल, गृहमन्त्रीले दिए यस्तो निर्देशन
-
संसद्को अवरोध खोल्न बसेको तीन दलको बैठकमा जुटेन सहमति
-
एलिनाको स्वरमा ‘म त एक्लै ज्यूँछु बरु’ सार्वजनिक
-
अनेरास्ववियुको अध्यक्षका लागि ५ जना सचिवहरूबिच प्रतिस्पर्धा
-
प्रेस काउन्सिल नेपालमा ६ सदस्य नियुक्त
-
एकदिवसीयमा कहिल्यै भुल्न नसकिने म्याक्सवेलका ती १० इनिङ्स