कोरोना महामारीबीच विमान दुर्घटनामा ज्यान गुमाउने बढे
सन् २०२० मा विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या वृद्धि भएको छ । कोरोना महामारीका कारण उडानको संख्या घट्दासमेत अन्य वर्षभन्दा यसवर्ष विमान दुर्घटनामा धेरैले ज्यान गुमाए ।
डचको उड्डयन परामर्श संस्था टो७० ले सन् २०२० मा विश्वभरी २९९ जनाको मृत्यु भएको जानकारी प्राप्त गरेको छ । सन् २०१९ मा २५७ को ज्यान गुमेको थियो ।
कोभिड–१९ का बेला कडा प्रतिबन्धबीच उडानमा व्यापक कटौती हुँदासमेत यस्तो घटना निम्तिएको हो ।
फ्लाइटराडार २४ का साइटका अनुसार गत वर्ष व्यावसायिक उडानमा ४२ प्रतिशत कटौती भएको थियो ।
टो७० द्वारा जारी गरिएको एक वक्तव्यमा यो यहाँ संसारभरी घटित सबै विमान दुर्घटनालाई समावेश गरिएको छ । यसमा गैरकानूनी हस्तक्षेप जस्तै विमानलाई गोली हानेर खसालिएको घटना पनि समावेश छ ।
यसमा सन् २०२० को जनवरीमा युक्रेन इन्टरनेशनल एयरलाइन्सको फ्लाइटलाई गोली हानेर खसालिएको घटना पनि समावेश छ । इरानले घटनामा ज्यान गुमाउने प्रत्येक परिवारलाई १ लाख ५० हजार डलर क्षतीपूर्ती दिने योजना बनाएको छ । यो घटनामा १७६ जनाको मृत्यु भएको थियो ।
यसमा गत मेमा पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआइए) को विमान कराँचीको शहरमा दुर्घटनाग्रस्त हुँदा ज्यान गुमाउनेको संख्या पनि समावेश छ । यस दुर्घटनामा ९८ जनाको मृत्यु भएको थियो ।
टो७० ले संकलन गरेको जानकारी अनुसार गत वर्षको तुलनामा यसपटक दुर्घटनाको संख्यामा भने कमी आएको छ । सन् २०१९ मा ८६ वटा विमान दुर्घटना भएका थिए भने सन् २०२० मा ४० वटा विमान दुर्घटनामा परे । ४० मध्ये पाँच दुर्घटनामा मात्रै मानिसहरुको ज्यान गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण