शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

डिनर डेटमा रोमान्टिक आदित्य र श्वेता

आइतबार, १९ पुस २०७७, १९ : ०६
आइतबार, १९ पुस २०७७

मुम्बई । गायक आदित्य नारायणले प्रेमिका श्वेता अग्रवालसँग गत महिना विवाह गरेका हुन् । त्यसैले पनि उनी पछिल्लो समय अक्सर रोमान्टिक तस्बिरहरु सेयर गरिरहेका हुन्छन् । 
उनले पत्नीका साथमा सार्वजनिक गरेको रोमान्टिक तस्बिर सामाजिक संजालमा भाइरल समेत हुने गरेका छन् । श्वेतासँग विवाह भएको एक महिना पुगेको उपलक्ष्यमा आदित्यले श्वेतालाई डिनर डेटमा समेत लगेका छन् । जसको जानकारी उनले सामाजिक संजाल मार्फत गराएका हुन् । 

तस्बिरका साथ उनले लेखेका छन् ‘ह्याप्पी मन्थ एनिभर्सरी मेरी प्यारी वाइफ ।’ उनले रमाइलो रमाइलोमा विवाहको एकमहिना बितेको बताउदै बाँकीको जिन्दगी पनि यसैगरि बित्ने उल्लेख गरेका छन् । तस्बिरले इन्टरनेटमा धेरै कमेन्ट र बधाईहरु समेत पाएको छ ।

आदित्य र श्वेताको विवाह गत १ डिसेम्बरमा भएको थियो । कोरोनाको कारण विवाह समारोहमा दुबै तर्फका परिवारका सिमित सदस्यको उपस्थिति रहेको थियो । विवाहपछि भने भब्य रिसेप्सन पार्टीको आयोजना भएको थियो । जसमा भिआइपीहरुको मेला लागेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप