मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली नयाँ तानाशाह बन्न खोजेः उपेन्द्र यादव

आइतबार, १९ पुस २०७७, १९ : १४
आइतबार, १९ पुस २०७७

जनकपुर । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली नयाँ तानाशाह बन्न खोजेको आरोप लगाएका छन् । आईतबार जनकपुरधाममा आयोजित युवा नेतृत्व विकासका लागि प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै पूृर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले ओली महेन्द्रवादी नश्लवादी तानाशाही भएको आरोप लगाए ।

उनले भने– ‘ओलीले कुनै नयाँ काम नगरेको बरु उनी महेन्द्र र ज्ञानेन्द्रको अर्को रुपको पुनरावृत्ति मात्र हो । विगतमा केही राजाले पनि लोकतन्त्र मास्नका लागि यस्तै गरेका थिए ।’ उनले अघि थप्दै भने– ‘राजाहरुले पनि लोकन्त्रविरुद्ध निकै षड्यन्त्र गरे । विगतमा पनि लोकतन्त्रको लागि संघर्ष भयो, तर संघर्षबाट प्राप्त उपलब्धीको रक्षा विगतमा पनि आन्दोलनकारीहरुले गर्न नसक्दा राजाले शासनसत्ता आफ्नो हातमा लिएकै हो ।

महेन्द्रले पनि त्यहि काम गरे र ज्ञानेन्द्रले पनि संसद विघटन गरी निरंकुश र तानाशाही बनेकै हुन् । त्यसका विरुद्ध आन्दोलन र संघर्ष भएकै हो । र तिनीहरुको पनि पतन भएको इतिहास साक्षी छ । त्यसैले अब ओली प्रवृत्तिको पनि पत्तासाफ हुनेछ ।’

अध्यक्ष यादवले थप भने– ‘ओली न त कम्युनिस्ट हुन् न त क्रान्तिकारी नै । ओली एक भष्मासुर हुन् ।’ उनले आफ्नो पार्टीको विवादलाई लिएर प्रधानमन्त्री पद जोगाउनका लागि संसद विघटन गरेको यादवको आरोप थियो । उनले भने– ‘हामी ओली प्रवृत्तिको विरुद्धमा आन्दोलनमा छौँ, आन्दोलन जति जति माथि पुग्दै जानेछ, उनले मुलुकलाई अनिष्टतर्पm धकेल्ने छन् । उनले देशमा इमर्जेन्सी लगाएर अन्तिममा सेनाको हातमा मुलुकलाई सुम्पिने समेतको कार्य गर्न सक्ने सम्भावना छ ।’

उनले काँग्रेसका सभापित शेरबहादुर देउवाले पनि ओलीको कदमको विरोध गर्न नसक्दा सिकार बन्न खोजेको आरोप लगाए ।  त्यस्तै वरिष्ठ नेता शरतसिंह भण्डारीले ओलीलाई कालीदासको संज्ञा दिए । उनले ओली जुन संविधानको व्यवस्थाबाट सांसद बने त्यहि व्यवस्थाविरुद्ध असंवैधानिक ढंगबाट संसद भंग गरेर तानाशाही बनेको आरोप लगाए ।  कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले कामचलाउ प्रधानमन्त्री ओलीले कुन कानूनको व्यवस्थाअनुसार मन्त्रीहरु नियूक्त गरेको भनि प्रतिप्रश्न गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप