मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

पत्नी सीतालाई लिएर प्रचण्ड सोमबार भारत जाने

आइतबार, १९ पुस २०७७, २० : २४
आइतबार, १९ पुस २०७७

काठमाडौं । नेकपा (प्रचण्ड–माधव) पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार पत्नी सीताको उपचारका लागि भारतको मुम्बई जाने भएका छन् । प्रचण्ड माधव पक्षको आइतबार बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले  सीताको उपचारका लागि आफू सोमबार भारतको मुम्बई जानुपर्ने भएकोे जानकारी गराएको स्थायी समिति सदस्य योगेश भट्टराईले जानकारी दिए । तर, प्रचण्डको सचिवालयले भने यसबारे केही खुलाएको छैन । 

पार्किन्सन रोगबाट पीडित सीतालाई गत बुधबारयता मेडीसिटी अस्पताल भर्ना गरेर उपचार भइरहेको छ । तर स्वास्थ्यमा सुधार नआएपछि भारत लैजान लागेको अध्यक्ष प्रचण्डले बैठकमा जानकारी गराएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप