पत्नी सीतालाई लिएर प्रचण्ड सोमबार भारत जाने
आइतबार, १९ पुस २०७७, २० : २४
काठमाडौं । नेकपा (प्रचण्ड–माधव) पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार पत्नी सीताको उपचारका लागि भारतको मुम्बई जाने भएका छन् । प्रचण्ड माधव पक्षको आइतबार बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले सीताको उपचारका लागि आफू सोमबार भारतको मुम्बई जानुपर्ने भएकोे जानकारी गराएको स्थायी समिति सदस्य योगेश भट्टराईले जानकारी दिए । तर, प्रचण्डको सचिवालयले भने यसबारे केही खुलाएको छैन ।
पार्किन्सन रोगबाट पीडित सीतालाई गत बुधबारयता मेडीसिटी अस्पताल भर्ना गरेर उपचार भइरहेको छ । तर स्वास्थ्यमा सुधार नआएपछि भारत लैजान लागेको अध्यक्ष प्रचण्डले बैठकमा जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण