पानीमा मलाईकाको योगासन !
मुम्बई । अभिनेत्री मलाईका अरोडा यतिबेला गोवामा छिन् प्रेमी अर्जुन कपुरसँग छुट्टी मनाउन उनी त्यहाँ पुगेकी हुन् । गोवामा उनले प्रेमीसँग मस्ती गरिरहेको उनले सार्वजनिक गर्ने तस्बिरबाट अनुमान लगाउन सकिन्छ
उनले नयाँ वर्षपनि परिवार र अर्जुनको साथ सोवामै सेलिब्रेसन गरेकी थिइन् । सोही क्रमका तस्बिर सामाजिक संजालबाट भाइरल समेत भएका थिए ।
हालै पनि उनका केही नयाँ तस्बिर सामाजिक संजालमा चर्चामा छ । तस्बिरमा उनी स्विमिङ पुलमा देखिएकी छन् । एक तस्बिरमा उनले पानी भित्र कठिन मुन्द्रामा योग गरेको देख्न सकिन्छ ।
तस्बिर शेयर गर्दै उनले लेखेकी छन्, ‘आउनुहोस्, नयाँ वर्षको अवसरमा वर्कआउट र योगको रुटिङबाट एउटा नयाँ साताको शुरुवात गरौँ ।’ मलाईकाको पानीको योग मुन्द्राले जो कोहीलाई पनि हैरान बनाउनसक्छ । उनले गरेको योगसनले खुट्टालाई मजबुत बनाउने गर्दछ । साथै आफ्नो फोकस र एकाग्रतालाई पनि बढाउने गर्दछ ।
मलाईका अर्जुनसँगको सम्बन्धको कारण पनि चर्चामा रहने गर्दछिन् । दुबै एकसाथ सामाजिक संजालमा तस्बिर समेत सार्वजनिक गर्ने गर्दछन् । तर दुबैले विवाहका विषयमा भने केही बताएका छैनन् ।
मलाईकाले यस अगाडि अभिनेता अरबाज खानसँग विवाह गरेकी थिइन् । २०१७ उनको अरबाजसँग डिभोर्स भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा मेस्सीको गोलले अर्जेन्टिना अगाडि
-
मेस्सीले हाने गोल, केप भर्डेविरुद्ध अर्जेन्टिनाको अग्रता
-
राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत
-
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा
-
अर्जेन्टिना र केप भर्डेबिचको खेल सुरु, मेस्सीमाथि सबैको नजर
-
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण