सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

शिव परियारको आवाजमा ‘तिम्रो याद भुलाउन’ सार्वजनिक

बुधबार, २२ पुस २०७७, १२ : ०२
बुधबार, २२ पुस २०७७

काठमाडौं । गायक शिव परियारको स्वर रहेको ‘तिम्रो याद भुलाउन’ गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । भिडियोमा नरेश भट्टराई र साक्षीको अभिनय देख्न सकिन्छ ।
उमेश रेग्मीको शब्द तथा संगीत रहेको गीतमा महाराज थापाको संगीत संयोजन रहेको छ । भिडियोमा प्रेमिकाले छाडेपछि उसको याद भुलाउन एउटा प्रेमीले मदिराको सहारा लिएको थिम बनाइएको छ ।

भिडियो युवराज वाइवाले निर्देशन गरेका हुन् । निसल पौडेलको छायाँकन र विकाश दाहालको सम्पादन रहेको भिडियो गोत्र इन्टरटेन्टमेन्टको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप