अक्षय कुमार लिनेछन् १३५ करोड, निर्देशकलाई ४ करोड
अक्षय कुमार लगातार फिल्ममा अभिनय गर्ने गर्छन् । उनको यसवर्ष मात्रै ६ वटा फिल्म रिलिजको तयारीमा छ । उनी लगातार फिल्म मात्रै गर्दैनन् उनले फिल्मको बिजनेस मोडल यसरी बनाएका छन् कि उनको फिल्मको जोखिम निकै कम हुन्छ र नाफा बढी । यी सबका बीच आफ्नो भारी पारिश्रमिक पनि लिने गर्छन् ।
भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार मिशन मंगलको शानदार सफलतापछि अक्षयले यो फिल्मका निर्देशक जगन शक्तिसँग थ्रिलर फिल्मको योजना बनाएका छन् जसको नाम मिशन लायन हो । जगनको शल्यक्रियाका कारण फिल्म थोरै ढिला भएको छ । तर अहिले भने सबै बाधा हटेका छन् ।
जहाँसम्म अक्षयको पारिश्रमिकको प्रश्न उठ्छ तब उनी १३५ करोड भारु लिने गर्छन् । फिल्मका निर्माताका अनुसार विभिन्न राइट्समार्फत् अक्षयले फिल्मको अत्यधिक खर्च उठाउने गर्छन् । हिरोले यति धेरै पारिश्रमिक पाउने गर्छन् भने फिल्मका निर्देशकले भने ४ करोड भारुमा नै चित्त बुझाउनुपर्नेछ ।
यो फिल्म हाल प्रि–प्रोडक्सनको स्टेजमा छ र यसको आधिकारिक घोषणा केही दिनमा हुने भारतीय मिडियाले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण