बेलायतमा २४ घण्टामा ५४ हजार बढी संक्रमित, ५६३ को मृत्यु
लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप ५४ हजार ९४० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी अनुसार पछिल्ला दश दिनयता नयाँ संक्रमितको संख्या दैनिक ५० हजारभन्दा बढी रहँदै आएको छ । यससँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३० लाख ७२ हजार ३४९ पुगेको छ ।
यसैगरी २४ घन्टाभित्र थप ५६३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सामान्यतया वीकेंडको समयमा सार्वजनिक गरिने तथ्याङ्क अन्य दिनको तुलनामा कम हुने भएपनि आज सार्वजनिक तथ्याङ्क आइताबारमध्येको सात महिनायताकै उच्च हो । आइतबार साँझसम्मको तथ्याङ्कअनुसार हालसम्म बेलायतमा ८२ हजार ६२४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पताल भर्ना हुनेको संख्यामा निरन्तर वृद्धि भइरहेको छ । हाल ३२ हजारभन्दा बढीको अस्पतालमा उपचार भइरहेको छ भने तीन हजारभन्दा बढी भेन्टिलेटर बेडमा उपचाररत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण