बेलायतमा २४ घण्टामा ५४ हजार बढी संक्रमित, ५६३ को मृत्यु
लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप ५४ हजार ९४० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी अनुसार पछिल्ला दश दिनयता नयाँ संक्रमितको संख्या दैनिक ५० हजारभन्दा बढी रहँदै आएको छ । यससँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३० लाख ७२ हजार ३४९ पुगेको छ ।
यसैगरी २४ घन्टाभित्र थप ५६३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सामान्यतया वीकेंडको समयमा सार्वजनिक गरिने तथ्याङ्क अन्य दिनको तुलनामा कम हुने भएपनि आज सार्वजनिक तथ्याङ्क आइताबारमध्येको सात महिनायताकै उच्च हो । आइतबार साँझसम्मको तथ्याङ्कअनुसार हालसम्म बेलायतमा ८२ हजार ६२४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पताल भर्ना हुनेको संख्यामा निरन्तर वृद्धि भइरहेको छ । हाल ३२ हजारभन्दा बढीको अस्पतालमा उपचार भइरहेको छ भने तीन हजारभन्दा बढी भेन्टिलेटर बेडमा उपचाररत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई प्रधानमन्त्रीको चेतावनी– तपाईंहरुले गलत गर्नुभयो, यसको मूल्य चर्को पर्नेछ !
-
प्रचण्ड नेतृत्वको वर्तमान सरकार पूरै कार्यकाल रहनेछः पौडेल
-
सबैको गन्तव्य राष्ट्र निर्माण भएकाले विश्वासको मत दिनुस् : प्रधानमन्त्री
-
प्रतिपक्षीको अवरोधका बिच प्रधानमन्त्रीले विश्वासको मत लिँदा संसदमा जे देखियो, तस्बिरमा हेर्नुहोस्
-
सरकार परिवर्तन गर्ने प्रयास माकुराको जालो जसरी च्यातियो : पौडेल
-
राजनीतिक नेतृत्व कानुनभन्दा माथि हुन सक्दैन : प्रधानमन्त्री