विवादमा मुछिए महाराजगञ्जका डिएसपी खड्का

काठमाडौं । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी रोशन खड्का विवादमा तानिएका छन् । ६ ओटा सुनको ब्रासलेट लुटपाटमा संलग्न समूहलाई छाडेर खड्काले घट्ना गुपचुप राखेको घटनामा काठमाडौं प्रहरीले उनिमाथि छानविन शुरु गरेको छ ।
पुस १० मा सामाखुसीबाट दोलाखाका संयोग कार्की र सुवास तिमिल्सिनासहित ५ जनाले बेच्न खोजेको ३० तोला सुन लुटिएको थियो । लुटका योजनाकार मध्येका सुर्खेतका दीपक नेपालीलाई नयाँ बसपार्क प्रहरीले पक्रेर महानगरीय प्रहरी वृत्त महराजगञ्जमा बुझाएको थियो । तर, खड्काले नेपालीमाथि अनुसन्धान नगरी छाडेको पीडितको आरोप छ ।
संयोगको समूहलाई पनि ‘बिना बिलको सुन बोक्ने ?’ भन्दै डिएसपी खड्काले धम्की दिएर सुन गुपचुप पारेको बताइएको छ । घट्नाबारे खड्कासँग सोधपुछ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए । सिंहले भने– ‘के भएको हो भन्नेबारे बुझ्दै छौं, छानविन हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढीको मुख्य सडक विस्तारमा बजेट अभावले ढिलाइ
-
उपाधि जिताएको १६ दिनपछि पोस्टेकोग्लू बर्खास्त, को बन्ला नयाँ म्यानेजर ?
-
नेमान्जा माटिचलाई दुई खेलको प्रतिबन्ध
-
एकल महिलालाई ७५ प्रतिशत अनुदानमा बाख्रा
-
समृद्ध समाज निर्माणमा बकर इद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री
-
चाडपर्वहरूले सामाजिक एकता, शान्ति र समृद्धिमा योगदान पुर्याइरहेका छन् : मुख्यमन्त्री सिंह