विवादमा मुछिए महाराजगञ्जका डिएसपी खड्का
काठमाडौं । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी रोशन खड्का विवादमा तानिएका छन् । ६ ओटा सुनको ब्रासलेट लुटपाटमा संलग्न समूहलाई छाडेर खड्काले घट्ना गुपचुप राखेको घटनामा काठमाडौं प्रहरीले उनिमाथि छानविन शुरु गरेको छ ।
पुस १० मा सामाखुसीबाट दोलाखाका संयोग कार्की र सुवास तिमिल्सिनासहित ५ जनाले बेच्न खोजेको ३० तोला सुन लुटिएको थियो । लुटका योजनाकार मध्येका सुर्खेतका दीपक नेपालीलाई नयाँ बसपार्क प्रहरीले पक्रेर महानगरीय प्रहरी वृत्त महराजगञ्जमा बुझाएको थियो । तर, खड्काले नेपालीमाथि अनुसन्धान नगरी छाडेको पीडितको आरोप छ ।
संयोगको समूहलाई पनि ‘बिना बिलको सुन बोक्ने ?’ भन्दै डिएसपी खड्काले धम्की दिएर सुन गुपचुप पारेको बताइएको छ । घट्नाबारे खड्कासँग सोधपुछ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए । सिंहले भने– ‘के भएको हो भन्नेबारे बुझ्दै छौं, छानविन हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण