भारतले इस्लामिक स्टेटलाई प्रोत्साहन दिइरहेको पाकिस्तानको आरोप
सोमबार, २७ पुस २०७७, ०५ : ४८
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले पाकिस्तानमा अराजकता पैदा गर्ने उद्देश्यसहित आइएसआइएसलाई मद्दत गरिरहेको आरोप लगाएका छन् ।
इमरान खानको इस्लामाबादमा पत्रकारसँगको कुराकानीलाई उद्धृत गर्दै पाकिस्तानको सरकारी रेडियो सेवाका अनुसार पाकिस्तानको सुरक्षा एनेन्सीले भारतको साम्प्रदायिकता फैलाउने उद्देश्यलाई सफलतापूर्वक विफल पारेको छ ।
इमरान खानले भने, ‘दुर्भाग्यले चरमपन्थी हजारा कार्यकर्तालाई कम जनसंख्या भएको क्षेत्रमा निशाना बनाइरहेका छन् ।
उनका अनुसार अघिल्ला सरकारले बलूचिस्तानमा जति ध्यान दिनु पर्दथ्यो त्यति दिइएन र सधैं बलूच सरदारसँग साँठगाँठ बनाउनेमा जोड दिइयो ।
प्रधानमन्त्री इमरान खानले उनको सरकारले बलूचिस्तानका सर्वसाधारणको जीवनस्तर उकास्नका लागि बलूचिस्तानको सामाजिक आर्थिक विकासमा ध्यान केन्द्रीत गरेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण