मोटरसाइकल चोरी गर्ने गिरोह भक्तपुरबाट पक्राउ
काठमाडौँ – भक्तपुरबाट व्यवसायिक रुपमा मोटरसाइकल चोरीमा संलग्न हुँदै आएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत थिमिले दुईवटा चोरीको मोटरसाइकलसहित नुवाकोट स्थायी घर भएका २९ वर्षीय सुनिल तामाङ, विरगंज स्थायी घर भएका २० वर्षीय पप्पु पटेल र धादिङ स्थायी घर भएका २५ वर्षीय राजन लामालाई पक्राउ गरेको वृतका डिएसपी ऋषिराम कँडेलले रातोपाटीलाई बताए ।
प्रहरीले राजन लामाले चलाउँदै आएको बा ९५ प ६४०५ नम्बरको रातो रंगको २२० सिसिको पल्सरलाई चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकल चोरीको भएको खुलेपछि थप अनुसन्धानको क्रममा अर्को मोटरसाइकल पनि बरामद भएको प्रहरीले जनाएको छ ।
थप अनुसन्धानको क्रममा भक्तपुरको सुर्यबिनायक नगरपालिका–१ मा सञ्चालित बिन्दबासिनी वर्कसपबाट बा ७२ प ७९४९ नम्बरको पल्सर मोटरसाइकल बरामद भएको डिएसपी कँडेलले जानकारी दिए ।
प्रहरीका अनुसार चोरीमा संलग्नहरु लामो समयदेखि नै व्यवसायिक रुपमा मोटरसाइकल चोरी तथा किनबेचमा संलग्न रहेको खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण